श्राद्ध गरे फलिफाप, नगरे यस्तो गति

 श्राद्धको उद्देश्य एवं महत्त्व

प्रकाशित मिति : २०७७ भदौ २९ सोमबार

काठमाडौं । आफ्ना परिवारजनको मरणपछि जीवलाई सदगति प्राप्त होस् भनेर परिवारद्वारा केहि कृत्यहरु गर्ने गरिन्छ । मासिक श्राद्ध, वार्षिक श्राद्ध, तीर्थ श्राद्ध, महालय श्राद्ध जस्ता विभिन्न श्राद्धहरुद्वारा मुख्य रूपले गरिन्छ । जीव इच्छाहरुमा नअट्कियोस्, यसको लागि जीवनकालमा नै जीवलाई सहायता गर्न, जीवको इच्छाहरुलाई तृप्त गर्न, परमार्थपथमा आगाडि बढ्नको लागि जीवलाई जागृत गर्न साध्य गरिन्छ ।

जीवको लिंगदेह जीवात्मा एवं अविद्याले बनेको हुन्छ । अविद्या अर्थात आत्माको चारैतर्फ विद्यमान मायाको आवरण । सर्व जीवको लिंगदेह साधना गर्दैन्न् । यस कारण श्राद्धादि विधि गरि बाह्य ऊर्जाको बलमा उनलाई आगाडि जानको लागि प्रोत्साहित गर्नु पर्दछ । श्राद्धविधिका तीन मुख्य उद्देश्यहरु छन्, पूर्खाहरुलाई पितृलोक भन्दा अगाडिको लोकहरुमा जानको लागि सहायता गर्नु, आफ्नो कुलको निम्न लोकमा अट्किएको अतृप्त लिंगदेहलाई सदगति प्रदान गर्नु, आफ्नो कुकर्मको कारण भूतयोनि प्राप्त भएको पूर्खाहरुलाई त्यस योनिबाट मुक्त गर्नु ।

श्राद्ध गर्नाले जीवको लिंगदेहको सर्वत्र विद्यमान वासनात्मक कोषको आवरण घट्द छ । यसले उनलाई हल्कापन प्राप्त हुन्छ । श्राद्धविधिमा मन्त्रशक्तिको ऊर्जाद्वारा लिंगदेहलाई गति दिन्छ ।

श्राद्धबाट धर्मपालन हुने, वंश शुद्धि हुने, लेन-देन पूर्ण हुने आदी हुन्छन् । धर्मपालन हुने - देव, ऋषि एवं समाज यी ऋणहरुको साथ पूर्वजहरुको ऋण चुकाउन महत्त्वपूर्ण छ । वंशजको कर्तव्य आफ्नो पूर्खालाई आदर गर्नु हो । उनको नामद्वारा दानधर्म गर्नु, उनलाई सन्तुष्ट गर्नको लागि आवश्यक कृत्य गर्नु आवश्यक छ । तर यी सबै भन्दा महत्वपूर्ण पूर्खाहरुको श्राद्ध गर्नु हो  । त्यसैले श्राद्ध गर्नु धर्मपालनको नै एक भाग हो । यसै सन्दर्भमा महाभारतको एक श्लोक महत्त्वपूर्ण छ । श्लोकमा भनिएको छ,
पुन्नाम्नो नरकाद्यस्मात्पितृं त्रायते सतुः ।
तस्मात्पुत्र इति प्रोक्तः स्वयमेव स्वयंभुवा ।।– महाभारत १.७४.३९

यसको अर्थ, पुत्र आफ्नो पूर्खाहरुलाई अर्थात पूर्वजहरुलाई ‘पुत्’ नामक नर्कबाट रक्षण गर्दछन् । त्यसैले उनलाई स्वयं ब्रह्मदेवले ‘पुत्र’ भनेका छन्। यस प्रकार तैत्तिरीय उपनिषद तथा ब्रह्मवैवर्त पुराण, ब्रह्मपुराण इत्यादिमा श्राद्धविधिका महत्त्व स्पष्ट गर्ने अनेक श्लोकहरु छन् ।

वंश शुद्धि हुने - गर्भधारणा पश्चात शिशुको जन्म खुशीसाथ हुनु पर्छ । गर्भमा जीवको प्रवेश, उसको संवर्धन, गर्भवती आमाको प्रसन्नता एवं सहज-सुलभ प्रसूति हुनको लागि ईश्वरीय कृपाको आवश्यकता हुन्छ । पूर्खा वंश रक्षक हुन्छ । श्राद्धादि कुलधर्मको पालनले वंशशुद्धि निश्चित हुन्छ ।

लेन-देन पूर्ण हुने- कुनै व्यक्तिको श्राद्ध गर्नाले उसको साथ हाम्रो लेन-देन पूर्ण हुन्छ । उदाहरणाको लागि, हामीमा कसैको ऋण छ, तथा त्यसलाई तिर्नु पहिला नै त्यस व्यक्तिको मृत्यु हुन्छ भने ऋण तिर्नको लागि श्राद्ध गर्नुपर्छ ।

पितृपक्ष एवं महालय श्राद्ध तथा यसको महत्त्व - शक संवत अनुसार भाद्रपद माहीनाको एवं विक्रम संवत अनुसार आश्विन महीनाको कृष्णपक्षमा अर्थात पितृपक्षमा गरिने श्राद्धलाई ‘महालय श्राद्ध’ भनिन्छ । मृत्यु पश्चात जीवलाई तुरन्त प्रेतदेह प्राप्त हुन्छ । केहि काल बीतेपछि जीव पितृ योनिमा जान्छ । पितृपक्षमा पितृ आफ्नो परिवारको घर निवास गर्नको लागि आउँदछन् । यी पन्ध्र दिनहरुमा एक दिन श्राद्ध गर्नाले वर्षभरी तृप्त रहन्छ ।  पितृपक्षमा श्राद्ध गर्नाले हुने फाईदाहरुको सन्दर्भमा मर्हिष जाबालि भन्छन्-

पुत्रानायुस्तथाऽऽरोग्यमैश्वर्यमतुलं तथा । प्राप्नोति पंञ्चमे कृत्वाश्राद्धं कामांचं पुष्कलान् ।।
पितृपक्षमा श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, अतुल ऐश्वर्य एवं इच्छित वस्तुहरुको प्राप्ति हुन्छ । महर्षि जाबालिको यो श्लोकमा पितृपक्षमा श्राद्ध गर्नाले पूर्खा प्रसन्न भएर श्राद्ध गर्ने आफ्नो वंशमाथि कृपा गर्छन् भन्ने बुझ्न सकिन्छ।

महर्षी कार्ष्णाजिनि भन्छन्-
वृश्चिके समनुप्राप्ते पितृो दैवतै: सह ।
निःश्वस्य प्रतिगच्छन्ति शापं दत्वा सुदारुणम् ।।

सूर्य वृश्चिक राशिमा प्रवेश गर्नु भन्दा पहिला श्राद्ध नगर्नाले, पूर्खा गृहस्थलाई कठोर श्राप दिएर पितृलोकमा फर्किन्छ ।

नगरे के हुन्छ ?
पूर्वजहरुको अतृप्तिको कारण विवाह नहुने, विवाह भएपछि श्रीमान-श्रीमतीमा सम्त्रन्धमा दरार, गर्भधारण नहुने, गर्भपात हुने, सन्तान भएमा मन्दबुद्धि अथवा अपंग हुने, बाल्यावस्थामा नै सन्तानको मृत्यु हुने, नराम्रो सपना आउने, सपनामा तथा जागृतावस्थामा नाग अथवा पूर्खा देखाई दिने, साधनामा रोकावट उत्पन्न हुने, यस्तो  अन्य कष्ट हुने आशंका रहन्छ । 

कसैको जीवनमा यस प्रकारको कष्ट  छैन, तब पनि भविष्यमा यस्तो कष्टबाट बचनेको लागि उपाय गर्न सक्छ । त्यसैले आफ्नो परिवारको सदगतिको लागि प्रयास गर्नुपर्छ । महालय श्राद्ध गर्नाले पूर्खाको कारण परिवारलाई हुने सम्भावित कष्ट घट्दछ; पूर्खालाई मुक्ति मिल्दछ ।

(सन्दर्भ :सनातनको ग्रन्थ ‘श्राद्ध (महत्त्व एवं शास्त्रीय विवेचन)’ एवं ‘श्राद्ध (श्राद्धविधिका शास्त्रीय आधार)’)

नयाँ