arrow

कोरोनाभाइरसः भारत संक्रमित र मृत्युमा अगाडि, अमेरिका र ब्रजिलमा कमी

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
corona-pakistan1.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमण र मृत्युमा भारत निकै अगाडि बढ्दै गएको छ । भारतमा अमेरिकामा र ब्रजिलमा भन्दा दैनिक निकै गुणा बढी संक्रमित थपिएसँगै चिन्ताको विषयसमेत बनेको छ । 

सोमबार भारतमा ८१ हजार ९११ संक्रमित थपिँदा मृतक १ हजार ५४ जना थपिए । जबकि अमेरिकामा ३७ हजार ७७२ र ब्रजिलमा १९ हजार ८९ मात्रै थपिए । मृत्यु पनि अमेरिका र ब्रजिलमा समान ४५४ जना थपिए । 

यसअघि आइतबार भारतमा ९३ हजार २१५ संक्रमित थपिँदा १ हजार १४० को ज्यान गएको थियो । अमेरिकामा ३२ हजार ८९४ संक्रमित थपिँदा ३९२ को ज्यान गयो । 

ब्रजिलमा १४ हजार ५९७ जना संक्रमित थपिँदा ३८९ को ज्यान गएको थियो । 

शनिबार भारतमा ९४ हजार ४०९ जना संक्रमित हुँदा १ हजार १०८ जनाको ज्यान गएको थियो । अमेरिकामा ३९ हजार २८२ थपिँदा ७०७ को ज्यान गयो । ब्रजिलमा ३१ हजार ८८० संक्रमित थपिँदा ८०० को ज्यान गयो । 

मंगलबार बिहानसम्मको अवस्था
अहिलेसम्म २ करोड ८९ लाख ४० हजार ६५ संक्रमित हुँदा ९ लाख २४ हजार ११६ जनाको ज्यान गएको छ । अमेरिकामा ६६ लाख ७८ हजार १७६ संक्रमित हुँदा १ लाख ९८ हजार १२८ जनाको ज्यान गयो । 

दोस्रो स्थानको भारतमा ४७ लाख ५१ हजार ७८८ संक्रमित हुँदा ७८ हजार ६१४ जनाको ज्यान गएको छ । तेस्रो ब्रजिलमा ४३ लाख १५ हजार ८५८ जना संक्रमित हुँदा १ लाख ३१ हजार २७४ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ