arrow

कोरोना भाइरसः भारतका त्यस्ता छ राज्य जहाँ नयाँ संक्रमित भन्दा निको हुने बढी

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
corona-india-test1.jpg

काठमाडौं । कोरोना भाइरस महामारी भारतमा तीव्र गतिमा बढिरहँदा ६ राज्यमा भने संक्रमित थपिने भन्दा निको हुने दर बढी रहेको छ । 

सोमबार आन्ध्रप्रदेश, तमिलनाडु, उत्तर प्रदेश, दिल्ली, बिहार र तेलंगानामा संक्रमित थपिने भन्दा निको हुने बढेका छन् । 

आन्ध्र प्रदेशमा ७ हजार ९५६ जना संक्रमित थपिँदा ९ हजार ७६४ जनालाई निको भएको छ । 

तमिलनाडुमा ५ हजार ७५२ जना संक्रमित थपिँदा ५ हजार ७९९ जनालाई निको भएको छ । 

उत्तर प्रदेशमा ५ हजार १५९ जना संक्रमित थपिँदा ५ हजार ९३२ जनालाई निको भएको छ ।

दिल्लीमा ३ हजार २२९ जना संक्रमित थपिँदा ३ हजार ३७४ जनालाई निको भएको छ । 

बिहारमा १ हजार १३७ जना संक्रमित थपिँदा १ हजार ९६६ जनालाई निको भएको छ । 

तेलंगानामा १ हजार ४१७ जना संक्रमित थपिँदा २ हजार ४७९ जनालाई निको भएको छ । 



नयाँ