arrow

काठमाडौँमा सबैभन्दा बढी संक्रमित फेला, ११ जनाको मृत्यु

उपत्यकामा ६७६ सहित देशरभर एक हजार ४५९ संक्रमित थप

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १३ पुरुष र ४४६ महिला गरी एक हजार ४५९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी काठमाडौँमा ५५५ जना कोरोना संक्रमित फेला परेका छन् ।
 
दश हजार ३७५ नमूना परीक्षण गर्दा सिरहामा १६२, मोरङमा १११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६-२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासी पूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११-११, तनहुँ र महोत्तरीमा नौ-नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ-आठ संक्रमित थपिएका छन् ।
 
यस्तै कास्कीमा सात, धनुषा र झापामा छ-छ, गोरखा र दोलखामा पाँच-पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार-चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन-तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई-दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक-एक जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । १५ हजार ७७९ सक्रिय संक्रमितमध्ये सात हजार ६४० होम आइसोलेसन र आठ हजार १३९ संस्थागत आइसोलेनमा छन् । यस्तै सात हजार २५० क्वारेन्टिनमा रहेका छन् ।
 
मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन् । पछिल्लो २४ घन्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै  कोरोना निको हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेको छ । कोरोना निको हुनेको प्रतिशत ७१.५ छ ।
 
प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा १२३, गण्डकी छ, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ संक्रमितको आइसियूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक-एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घन्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ ।
 
यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ३७१ पुगेको छ । कुल संक्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर कोरोना भाइरसबाट दुई करोड ९४ लाख ५० हजार १९३ जना प्रभावित भएका छन् । कोरोनाबाट नौ लाख ३२ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ