arrow

बङ्गलादेशमा सत्र सय संक्रमित थप, ४३ को मृत्यु

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
corona-india-public.jpg

ढाका । बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार  बङ्गलादेशमा मङ्गलबारसम्म कूल संक्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ । 

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ । 

निर्देशनालयका अनुसार देशभर कोभिड–१९ संक्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ । 

बङगलादेशमा संक्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने संक्रमितमध्ये १.४१ प्रतिशत विरामीको मृत्यु भएको छ । 

बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ