arrow

बिहीबारदेखि पर्यटन क्षेत्र पनि खुला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३० मंगलबार
nepalise_resturent_finland.jpg

काठमाडौं । आउँदो बिहीबार देखि पर्यटन क्षेत्रपनि खुला हुने भएको छ । कोरोना महामारीका कारण गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण बन्द रहेको पर्यटन बिहीबारबाट खुला हुने भएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले पर्यटन क्षेत्र अन्तरगत पर्ने होटेल, रेष्टुरेन्ट, ट्रेकिं व्यवसाय लगायतका पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार उक्त जानकारी गराएका हुन् । उनले आन्तरिक उडान सहीतका होटेल, रेष्टुरेन्ट, ट्रेकि लगायतका पर्यटकी क्षेत्र बिहीबार देखि खुला गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको बताए ।

सुरक्षाका मापदण्ड अपनाएर सुचारु हुनुपर्ने उनको भनाई थियो ।

यसअघि कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैत पहिलो साता देखि यी क्षेत्र बन्द गरेको थियो ।

त्यसयता होटेल, रेष्टुरेन्ट केही समय खुला भएपनि कोरोना संक्रमण झन फैलिँदा फेरि निषेधाज्ञामार्फत बन्द गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ