arrow

बाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
banke1.jpg

नेपालगञ्ज । बाँकेमा शुक्रबार र शनिबार लगाइँदै आइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा फुकुवा गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको गति र फैलावटलाई नियन्त्रण गर्न भन्दै केन्द्रले यसअघि शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यो निर्णयको नेपालगञ्ज उद्योग बाणिज्य संघ लगायत नागरिक स्तरबाट व्यापक विरोध भएको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ संक्रमण भएर लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिबेक्षणमा रहने गरी होम आइसालेसनमै राख्ने निर्णय पनि गरेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ