arrow

बहराइन, युएई र इजरायलबीचको शान्ति सम्झौताले यहुदी र मुस्लिमलाई बनायो निकट

मुस्लिम र यहुदीबीचका शतकौँको विवादलाई टुंग्याएर ट्रम्प नोबेल पुरस्कारका लागि मनोनित

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
al-aqsa-mosque-mount-temple-isrel.jpg

काठमाडौं। अमेरिकाले अघि सारेको इजरायल, बहराईन र युएईबीचको शान्ति सम्झौताले प्यालेस्टाईनमा तरंग ल्याएको छ। इजरायल र खाडी मुलुकबीचको भएको शान्ति सम्झौताले यहुदीहरुलाई अल अक्सा मस्जिदको विवादास्पद परिसरमा प्रार्थना गर्ने बाटो खुलेको छ। अगस्ट १३ मा अमेरिका, इजरायल र युएईद्वारा जारी भएको संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् अब, “शान्तिमा आउन चाहने सबै मुस्लिमहरुले अल अक्सा मस्जिद र जेरुसेलमा सबै पवित्र स्थानमा प्रार्थना र पुजा गर्न पाउँनेछन्।”

उक्त वक्तव्यमा भनिएको थियो, अब जेरुसेलमका सबै पवित्र स्थलहरु धार्मिक आस्थाका उपासकहरुका लागि खुला रहनेछ। योसँगै, यहुदिहरुले अल अक्सा मस्जिद, रक मस्जिदको गुम्बा र ओल्ड हरामभित्रका सबै क्षेत्रहरुमा प्रवेश एवं प्रार्थना गर्न पाउँनेछन्। अरब र यहुदीहरुबीच राजनीतिक र धार्मिक द्धन्द्धका कारण यो क्षेत्र अरब र इजरायलबीच विवादित रहिआएको छ। इस्लामिकहरुमाथि बढ्दो जुडोफोबिया र यहुदीहरुमाथि बढ्दो इस्लामोफोबियाका कारण अल हरामक्षेत्र ठूलो विवादको केन्द्र बन्दै आएको छ।

प्यालेस्टाइनहरुलाई इजरायलले अल हराम क्षेत्रमा आफ्नो नियन्त्रण थप बढाउने डर रहिआएको थियो। तर, अब यहुदीहरुले सो क्षेत्रमा सहजै गएर प्रार्थना गर्न पाउँने भएका छन्। यद्यपि हिंसात्मक गतीविधिहरु भने गर्न पाउने छैनन्। सन् १९६७ को यथास्थिती अनुसार अल हराम अल सरिफ क्षेत्र (जस्लाई अल अक्सा मस्जिद क्षेत्रपनि भनिन्छ)मा मुस्लिमहरुले मात्रै प्रार्थना गर्न पाउँदै आएका थिए। ३५ एक्कडको यो क्षेत्रमा अब, यहुदीहरुले समेत मुस्लिमहरु जस्तै प्रार्थना गर्न पाउँनेछन्।

राजा सुलेनमानले निमार्ण गरेको यो मस्जिद विश्वकै सबैभन्दा पवित्र युहँदी क्षेत्र सोलोमनको माथि निर्माण गरिएको छ। पहिलो पटक यो मन्दिर ५८६ बिसीमा बेबोलियनहरुले भत्काएका थिए। त्यसपछि फेरि बनाइएको मन्दिर सन् ७० मा रोमनहरुले भत्काएका थिए। अहिले यो क्षेत्र यहुदीहरुको पवित्र पुजास्थलका रुपमा रहिआएको छ।

त्यस्तै, मुस्लिमहरुका अनुसार अल अक्सा मस्जिद क्षेत्र विश्वकै तेस्रो पवित्र मुस्लिम क्षेत्र हो। कुरानमा उल्लेख भएअनुसार पैगम्बर मोहम्मदले स्वर्गको यात्राका क्रममा यो क्षेत्रमा अवतरण गरेका थिए।

अहिले यो क्षेत्र मुस्लिम वक्फद्वारा प्रशासित छ तर, यहुँदी अर्थात इजरायलले प्रवेशमा नियन्त्रण गर्दै आएको छ। हाल अल अक्सा मस्जिद इस्लामीक ट्रस्टको जिम्मामा रहेको छ। हजारौं मुस्लिमहरुले यो क्षेत्रमा प्रार्थना गर्ने गर्छन्। त्यस्तै यहुदीहरुले पश्चिमतर्फको पर्खालमा प्रार्थना गर्दै आएका छन्। जुन अल अक्सा मस्जिदको तल्लो क्षेत्र हो। यसै स्थानमा निर्मित दोस्रो पटकको मन्दिर रोमनहरुले संन् ७० मा भत्काएको मानिन्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईलाई एकै टेबलमा राखेर शतकौंको यो विवादलाई साम्य पार्दै एक कठिन विवादको सामाधान गरिदिएका छन्। अब, मुस्लिमहरुले यो कुरालाई सहमति जनाएर अघि बढ्ने छन् या उनीहरुले अर्को मुद्दा उठाउँने छन् यो कुरा आगामी दिनले तय गर्नेछ। ट्रम्पको यसै ऐतिहासिक सम्झौताले नै उनलाई नोबेल पुरुस्कारका लागि मनोनित हुने अवस्थामा भने पुर्‍याइदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ