arrow

पाकिस्तानी पूर्व सैन्य अधिकारीको छोराको ४ देशमा ९९ कम्पनी, अनुसन्धान निकायले नै मेटायो डाटा

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
cpec-pakistan-china1.jpg

काठमाडौं। पाकिस्तानको आर्थिक नियमन गर्ने संस्था सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसन अफ पाकिस्तानले चीन-पाकिस्तान इकोनमिक करिडोर सिपेकका प्रमुख लेफ्टिनेन्ट जनरल असिम सलिम बाजवाका छोराको ६ वटामध्ये पाँचवटा कम्पनीको विवरण डिलिट गरेको छ ।

उनको परिवारले वाजवा पाकिस्तानी सेनामा रहँदा अकूत सम्पत्ति कमाएको र त्यही सम्पतिबाट कम्पनीहरु स्थापना गरेको जनाइएको छ । देशभरका कम्पनीको आर्थिक विवरण राख्‍ने नियोगले नै आर्थिक विवरण वेबसाइटबाट डिलिट गरेको हो । 

सीपेकका प्रमुख अमिर खानले यससम्बन्धी कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले भने, "यससम्बन्धी बुझ्नका लागि प्रवक्तालई सम्पर्क गर्दा राम्रो हो । हामीले फलो गर्ने प्रोटोकल यही हो ।" 

उनीहरुको विभिन्‍न चार मुलुकमा ९९ भन्दा बढी कम्पनीहरु छन् । अन्य विभिन्‍न मुलुकका बैंकहरुमा ठूलो रकम पनि जम्मा गरेको फ्याक्ट फोकसले जनाएको छ । 

३९.९ मिलियन मूल्य बराबरको १३३ पिजा रेस्टुरेन्ट पाकिस्तान र एसियाली मुलुकहरुमा रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ