arrow

भारतका मन्त्रीलाई संक्रमण, सम्पर्कमा आएकाले परीक्षण गर्न आग्रह

logo
एएनआई,
प्रकाशित २०७७ असोज १ बिहिबार
nitin-gadkari-indian-minist.jpg

नयाँदिल्ली । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस संक्रमण भएको छ । 

उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। 

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गरेका छन् । 

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट संक्रमित भएको नतिजा आयो,” उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

उनले थप लेखेका छन्, “भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ