arrow

मोदीको अनौठो बानी, केटाकेटीको तान्छन् कान

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
modi-pulling-ear.jpg

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहिबार जन्मदिन परेको छ  । सेप्टेम्बर १७ तारिख सन् १९५० मा जन्मिएका नरेन्द्र मोदी ७० वर्ष पुगेका छन् ।  एक गरिब गुजराती परिवारमा जन्मिएका उनी सन् १९७१ मा आरएसएसमा जोडिएका थिए भने सन् १९८५ मा भारतीय जनता पार्टीमा जोडिएर त्यसको १६ वर्षपछि गुजरातको मुख्यमन्त्री बनेका थिए । 

‘चायवाला’ का नामबाट परिचित विलक्षण प्रतिभाका धनी नरेन्द्र दामोदरदास मोदी सन् २००१ मा पहिलो पटक गुजरातको मुख्यमन्त्री बनेका थिए । उनी तीन पटक मुख्यमन्त्री बने । उनी सन् २०१४ मा पहिलो पटक भारतीय प्रधानमन्त्री भएका थिए । गत वर्षदेखि उनले दोस्रो कार्यकाल सम्हालिरहेका छन् । विभिन्न देशका प्रमुख व्यक्तित्वहरुले बधाइ तथा शुभकामना दिइ रहेका छन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई तथा शुभकामना दिएका छन् ।  

हरेक वर्ष मोदीको जन्मदिनमा ठूलो केक काटेर गरीव बच्चाबच्चीलाई बाँडिदै आएको छ।  प्रधानमन्त्री मोदी केटाकेटीहरूसँग कुराकानी गर्न मन पराउँछन्। बच्चासँग जोड्ने उनको आफ्नै तरिका छ । मोदी केटाकेटीलाई धेरै माया गर्छन्, तर मोदी जब केटाकेटीहरूलाई भेट्छन्, तब उनीहरूको कान तान्छन् ।

टोरन्टो भ्रमण गर्ने क्रममा मोदीले क्यानडाका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रूडोको सानी छोरी एला ग्रेसको  कान तानेका थिए । २०१५ मा सिलिकन भ्यालीको यात्राको बेला भेला भएका मोदीले गुजराती एक केटाको कान तान्दै गरेको तस्विर सार्वजनीक भएको थियो ।

केही समय अघि प्रधानमन्त्रीले बच्चाहरूको समारोहको लागि राष्ट्रिय पुरस्कारमा एक पुरस्कार पाएकी बालिकाको कान तान्दै बच्चाहरूलाई पनि खुशी पारेका थिए । त्यस्तै यस सूचीमा बलिउड अभिनेता अक्षय कुमारको छोरा आरव कुमार पनि छन्। जसको कानमा मोदीले विशाखापत्तनममा आयोजित अन्तर्राष्ट्रिय फ्लीट समीक्षा २०१६ मा तानेका थिए ।

प्रधानमन्त्री मोदीलाई अक्षय र उनकी श्रीमती ट्विंकल दुवैले रुचाउछन्। मोदीले छोराको कान तानेको देखेर अक्षय र उनकी श्रीमती ट्विंकल दुवैले छोराको लागि पाठको रूपमा लिएका थिए। अक्षयलाई ट्वीट गरेका थिए, "बुबाको जीवनमा गर्वको क्षण, जब प्रधानमन्त्रीले छोराको कान तानेर  ठट्टा गर्दै राम्रो छोरो भन्छन्। '  पछि आमा ट्विन्कल पनि उत्साहित हुदै ट्वीट गरेकी थिइन् ।
 
धेरै पटक प्रधानमन्त्री मोदीले गरेको कामलाई चित्त नबुझेपछि विपक्षीहरूले हिटलर शैली पनि भन्ने गरेका छन् । तर मोदीले बच्चाहरूको कान किन  तान्छन् त ? यस प्रश्नको पछाडि एउटा गहिरो रहस्य रहेको छ। जसलाई 'सुपर ब्रेन योग' भनिन्छ । यो योग भारतको दक्षिणी राज्यहरुमा एकाग्रता र स्मरण बढाउनको लागि गरिन्छ ।

यस प्रक्रियालाई थोप्पुकरणम भनिन्छ। यस विधिमा बच्चाको दिमाग सन्तुलित राखेर स्मृति र एकाग्रता बढाउनका लागि गणेशको मूर्ति अगाडि बच्चाहरुको कान तान्ने गरिन्छ । बाँया कान दायाँ हातले समातिन्छ र दायाँ कान बायाँ हातले समातिन्छ। मोदीले बालबालिकाको स्मरण शक्ति बढाउनलाई यो उपाय अपनाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ