arrow

२०२१ को शुरुतिर नै कोरोनाको खोप भारतमा

logo
एएनआई,
प्रकाशित २०७७ असोज १ बिहिबार
coronavirus-vaccine.jpg

नयाँ दिल्ली । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी वर्षको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भनेका छन्– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।
 
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गरेको र यस कार्यका लागि उनले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिएका छन्। 

बिहीबार उनले अर्को वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र  देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । 

उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए। 

उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ