arrow

सुगाद्वारा पदवहाली, जनताको अपेक्षा पूरा गर्ने

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
japan-pm-yoshihide-suga.jpg

जापान । जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका छन् । 

कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।  

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताए । 

“म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,“ सुगाले भने ।

पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ