arrow

कोरोना भाइरसः भारत डरलाग्दो अनुमानतिरै अगाडि बढ्दै

logo
प्रकाशित २०७७ असोज २ शुक्रबार
corona-india-test2.jpg

काठमाडौं । भारत कोरोना भाइरसको डरलाग्दो अनुमानतिर अगाडि बढिरहेको छ । यही रफ्तारले अगाडि बढ्ने हो भने अक्टोबरसम्म विश्वमै सबैभन्दा बढी कोरोनाका संक्रमित भारतमा हुने अनुमान गरिएको छ । 

पछिल्ला केही हप्तादेखि निरन्तर भारतमा कोरोना संक्रमितको संख्या ९० हजारदेखि एक लाखको हाराहारीमा अगाडि बढिरहेको छ । 

भारतमा हर १० लाख मानिसमध्ये ४२ हजारको कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ५ सय संक्रमित भएका छन् । यही रफ्तार रहे अक्टुबरसम्म विश्वकै सबैभन्दा बढी संक्रमित भारतमा हुनेछन् । 

बिहीबार ९६ हजार ७९२ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित ९७ हजार ८५६ जना संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि गत ११ सेप्टेम्बरमा ९७ हजार ७५४ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५२लाख १२ हजार ६८६ पुगेको छ । सक्रिय संक्रमित १० लाख १७ हजार ७१७ जना रहेका छन् । 

निको हुनेको संख्या बिहीबार ८७ हजार ७७८ रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । बुधबार ८२ हजार ९२२ लाई निको भयो । योसँगै निको हुनेको संख्या ४१ लाख ९ हजार ८२८ पुगेको छ । 

बिहीबार १ हजार १७५ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा ८४ हजार ४०४ जनाको ज्यान गइसकेको छ । 

कोरोनाका संक्रमित बढ्दै गए पनि सबै क्षेत्र खुल्ला भएको छ । विद्यालयहरु समेत खुल्ने तयारी भइरहँदा भारतको स्थिति झनै भयावह बन्ने देखिएको छ । 

यही गतिले अगाडि बढ्दा भने त्यो पूर्वानुमान सहजै मिल्न जाने दावी समेत हुन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ