arrow

कोभिडका योद्धा अपमानित भएको भन्दै बिरोधमा उत्रिए गान्धी

logo
एएनआई,
प्रकाशित २०७७ असोज २ शुक्रबार
sonia-rahul.jpg

नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका हुन् ।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहेका छन्। पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा संक्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरे।

उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ? उनले प्रश्न गरेका छन् ।

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । बिहिबार पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेका हुन्।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ