arrow

चीनको निजी क्षेत्रलाई नियन्त्रण लिने योजनाको सीसीपीद्वारा घोषणा !

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ३ शनिबार
xi-china.jpg

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त्यहाँको निजी क्षेत्रलाई नियन्त्रणमा लिने योजना अघि सारेको छ। ५ हजार शब्दमा व्याख्या गरिएको योजना अनुरुप प्रत्येक प्रान्तका विभागहरुलाई काम गर्न केन्द्रबाट निर्देशन दिइएको छ। सीसीटीभी इभिनिङ न्युजले कसरी सि जिनपिङले निजी क्षेत्रहरुलाई नियन्त्रणमा लिने महत्वपुर्ण योजनाहरु अघि सारेको छ भन्दै मुख्य समाचार बनाएको छ। समाचारलाई एक घुमाउरो शिर्षक दिइएको थियो। जसमा, नयाँ युगमा निजी अर्थव्यवस्थालाई सुदृढ पार्नका लागि राय भन्दै लेखिएको छ।

चीनको एक ठूलो कायापलटलाई देखाउनका लागि निजी क्षेत्रका संघ संस्था र व्याक्तिहरुको व्यवसाय वृद्धि गर्नका लागि भनेर यो योजना अघि सारिएको जनाइएको छ। सिले आज कम्युनिस्ट पार्टीले निजी र सरकारी क्षेत्रबीच एक संयुक्त मोर्चा चाहन्छ भन्दै भाषण गरेका छन्। यसकै अघिल्लो दिन ती निर्देशनहरु जारी भएका हुन्।

गत मेमा भएको १८ औं राष्ट्रिय कांग्रेसपछि सि र पार्टीका अन्य अग्रजहरुले निजी क्षेत्रलाई नियन्त्रणमा लिन विभिन्न रणनीति र चालबाजीहरु अघि सारेका थिए। त्यसको सफलतासँगै अहिले पूर्णरुपमा नै सिले निर्देशनहरु जारी गरेका हुन् । चिनियाँ नीजी क्षेत्र विकास र विविधिकरण भएसँगै अब सिले सबै क्षेत्रलाई एकै तरिकाबाट अघि लैजान रणनीति बनाएका हुन्। उक्त स्टेटमेन्टमा सि जिनपिङको भिजनमा अब निजी क्षेत्रहरु सुदृढ हुँदै अघि बढ्ने उल्लेख गरिएको छ।

१०० भन्दा बढी उपायहरु समेटिएको स्टेटमेन्टले ती उपाय कार्यान्वयनका लागि कर्मचारीहरु समेत तोकिसकेको छ। निजी क्षेत्रले तिब्र विकास गरिरहेको छ, यसले विभिन्न किसिमका जोखिमहरुलाई बढावा पनि दिएको छ र एकत्रित नहुँदा विविधिकरण भएको छ। अब, निजी क्षेत्रलाई एक्यवद्ध गर्दै अघि बढाउन यो योजना अघि सारिएको स्टेटमेन्टमा उल्लेख छ।

र प्राथमिक रुपमा निजी क्षेत्रमा कम्युनिस्टको नियन्त्रण बढी हुने र निजी क्षेत्रका व्यक्तिहरुको कम्युनिस्ट पार्टीसँग आवद्ध हुनुपर्ने जस्ता कुराहरु राखिएका यि प्रावधान चीनमा यो एक ठूलो बदलावका रुपमा रहेको छ। यसअघि निजी क्षेत्रलाई पार्टीमा आवद्ध गर्ने प्रयासहरु खासै भएका थिएनन् । तर, अब निजी क्षेत्रलाई कम्युनिस्टले अफ्नो नियन्त्रणमा राख्न यी निर्देशनहरु अघि सारेको छ।

नयाँ भिजन अनुसार, अब निजी क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुलाई कर्मचारीका रुपमा राख्नुपर्ने भएको छ । यो प्रावधान चिनियाँ ठूला इकमर्स र गेमिंग एवं इन्टरनेट कम्पनीका हकमा प्राथमिकताका साथ लागु हुने छ । यसबाट कर्मचारीहरुले सि जिनपिङको बिचारधारालाई पछयाउने छन् र यसले कम्युनिस्टको छाप बढाउँदै लैजाने छ ।

सीसीपीका दर्ता सदस्य कर्मचारीहरुले अन्य कर्मचारीहरुलाई पनि कम्युनिस्ट धारणा अनुसार रहनका लागि काम गर्नेछन् । कम्पनीको विकास र अन्यकुराहरु पार्टीसँग आदानप्रदान गर्नका लागि एक केन्द्र खोलिनेछ । कम्पनीमा काम गर्ने कम्युनिस्ट कार्यकर्ताहरुले निजी क्षेत्रका नागरिकहरुमा समेत कम्युनिस्ट अवधारणा अगाल्नका लागि निरन्तर सुझाव या दबाब दिइरहनेछन्।

अमेरिकाले चिनियाँ कम्पनीहरुमाथि कम्युनिस्टको नियन्त्रण हुनेभएका कारण सुरक्षा खतरा रहेको अभिव्यक्तिलाई कतै कतै चीनको यो नयाँ रणनीतिले छोएको देखिन्छ। यसबाट बुझ्न सकिन्छ की चीनले विस्तारवाद र अधिनायकवादका लागि विश्वभरका गतीविधीहरुलाई पक्कै पनि नियन्त्रणमा लिन चाहन्छ।

त्यसका लागि विश्वभर चर्चामा रहेको चिनियाँ कम्पनीहरु नै प्रयोग हुने सम्भावना रहन्छ। त्यसकारण हुवावे, टिकटक जस्ता चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाउनु पनि ट्रम्प प्रशासनको भिजन यहाँबाट देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ