arrow

सुगाको नेतृत्व “नयाँ बोतलमा पुरानो वाइन”

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ३ शनिबार
Yoshihide_Suga.jpg

काठमाडौं। बिहीबार जापानको प्रधानमन्त्रीको पदग्रहण गरेका योशीहिडे सुगाको टिम लगभग पुरानै रहेको छ। पूर्वप्रधानमन्त्री सिन्जो आबेकै भिजनलाई कार्यान्वयन गर्ने भन्दै अघि बढेका सुगाले मन्त्रीमण्डलसमेत फेरबदल गरेका छैनन्। यसबाट उनले आबेको योजनाहरुलाई पूर्णरुपमा अघि सार्ने र कार्यान्वयन गर्ने त निश्चित नै देखिएको छ। यसबाहेक सुगाले महिला सशक्तिकरणलाई अर्को प्रमुखरुपमा अघि सारेका छन्। सुगाले जापानको आर्थिक भविष्यलाई स्थिर पार्ने पहिलो प्राचथमिकता रहेको बताएका छन्। सुगाले सुरुमा जापानका पूर्व प्रधानमन्त्री एवं पार्टीका किंगमेकर तारो असोलाई अर्थमन्त्रीमा निरन्तरता दिएका छन्।
त्यस्तै जापानका वरिष्ठ कुटनीतिज्ञ तोसीमित्सु मोतेगीलाई जापनको विदेशमन्त्रीमा निरन्तरता दिएका छन्। त्यस्तै रक्षामन्त्रीमा तारो कोनोको ठाउँमा आबेका कान्छा भाइ नोबुओ किसीलाई नियुक्त गरेका छन्।

सुगाको यो मुभले उनको आबेसँगको सम्बन्धलाई प्रष्ट्याएको छ। सुगाले किसीलाई रक्षामन्त्रीमा नियुक्त गर्नुको खास कारण बाहिर नआए पनि। सीमा क्षेत्रमा बढ्दो चीन र उत्तर कोरियाकाविरुद्ध हतियारहरु एवं मिसाइल खडा गर्ने आबेको बहसलाई निरन्तरता दिन खोजिको संकेत यहाँबाट भएको छ। यद्यपि किसीसँग रक्षासम्बन्धी अनुभव थोरै छ। त्यसकारण यसका विरुद्ध प्रश्न उठ्न सक्ने संकेत रहेको छ।

तर, मन्त्रीमण्डलमा महिलाको संख्यामा भने सुगाले तीनबाट २ मा झारिदिएका छन्। लिब्रल डेमोक्र्याटिक पार्टीमा १० प्रतिशतमात्रै महिला सांसद रहेका बेला तीमध्ये २ महिलालाई मात्रै सुगाले मन्त्री बनाएका छन्। न्यामन्त्री योको कामिकावा र ओलम्पिक मन्त्री सेको हाशिमोटोलाई सुगाले निरन्तरता दिएका हुन्।

यस विषयमा धेरैले सुगाको नेतृत्वले महिला समानतालाई बढावा नदिएको टिप्पणी गरका छन्। २ वर्षअघि नै पार्टीमा लैगिंक समानताका लागि पास भएको कानुनको कार्यान्वयन भने नभएको प्रष्ट्याइएको छ। तोहुकु विश्वविद्यालयका संवैधानिक कानुनका प्रोफेसुर यासु नुकाटुकाले भने, “पार्टीमा महिलाका हकमा समानताको कुरामा हेर्ने हो भने संसदमा महिला उपस्थिती ३० प्रतिशतमात्रै भएपनि मन्त्रीमण्डलमा चाहि ५० प्रतिशत पुगाउन सकिन्छ।”

यसबाट, सुगा देशभित्रका चुनौतीहरुको व्यापक परिवर्तनका लागि हैन बरु कोरोना भाइरसको वैश्विक उथलपुथलका क्षेत्रमा बढ्दो राजनीतिक तनावपूर्ण परदिृश्यमा निरन्तरताको भावना प्रसारण गरेको देखिन्छ।

यसबाहेक सुगाले जापानको विदेशनीतिमा कुनै परिवर्तन नआउँने समेत बताएका छन्। यसबाट आबेको नीतिहरुलाई नै निरन्तरता दिइने खुलस्त छ। अगामी निर्वाचनका लागि पार्टीभित्रका प्रर्वधनभन्दा पनि आबेको सफलतालाई निरन्तरताको प्रकृया अपनाइएको जापानका अधिकारीहरुको टिप्पणी छ।

जापानमा लिब्रल डेमाक्रयाटिक (वर्तमान सत्तारुढ) बाहेकका अन्यपार्टीको पुर्नमिलनले आउँदो निर्वाचनमा उनीहरुलाई भाँच्न गाह्रो हुने संकेत देखिएको छ। तर, यसका विरुद्ध सुगाले कुनै कदम चालेनन् भने लिब्रल डेमाक्र्याटलाई निकट भविष्यको चुनावमा तनाबको स्थिती सिर्जना हुनसक्छ।

यद्यपि न्युायोर्क युनिभर्सिटाका राजनीतिक सहायक प्राध्यापक एमि क्याटालिनाक भन्छन्, “लिब्रल डेमोक्रयटको विजयी सुनिश्चत छ, किनकी त्यहाँ अर्को पार्टी त्यति चर्चीत देखिँदैन, त्यसै विश्वावसका कारण सुगाले राजनीतिक एवं पार्टीगत पुर्नस्थापनामा ध्यान दिँदैनन्।”

“यसको सट्टामा लिब्रल डेमोक्र्याटले कुनै व्याक्ति चुन्न सक्छ जसले सांसदहरु र पार्टीका शीर्षनेताहरुलाई फाइदामा ल्याउँछ। तर, चर्चामा रहेको कुनै पार्टीसँग स्थापना हुन जाँदैन,” उनले भने।

यी विविध पक्षहरुबाट जापानको आबेको सफलतालाई नयाँ प्रधानमन्त्री सुगाले निरन्तरता दिएका छन्। उनले जापानको मन्त्रीमण्डल एवं नेतृत्व नयाँ बोतलमा पु्रानो वाइन राखेजस्तै संकेत गरेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ