arrow

चीनलाई भारतीय सुरक्षा दस्तावेज बेचेकाे काण्डमा एक भारतीय पत्रकार, एक चिनियाँ र एक नेपाली पक्राउ

logo
एएनआई,
प्रकाशित २०७७ असोज ३ शनिबार
chinese-spy-jasus-india-arr.jpg

काठमाडौं। दिल्ली पुलिसकाे स्पेशल सेलले चिनियाँ गुप्तचरहरूलाई भारतीय सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेकाे आराेपमा स्वतन्त्र पत्रकार राजिव शर्मा सहित एक चिनियाँ महिला र एक नेपाली पुरूषलाई पक्राउ गरेकाे छ।

स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले दिएको जानकारी अनुसार उनीहरूले दिल्लीकाे महिपालपुरमा एउटा कम्पनी खाेलेका थिए । त्यही कम्पनी मार्फत काराेबार भईरहेकाे थियाे ।

चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६-२०१८ बिचका दस्तावेज दिएकाे डीसीपी यादवले संचार माध्यमलाई जानकारी दिएका छन् । पक्राउ परेका नेपालीकाे नाम खुलाईएकाे छैन् । उनी पत्रकार शर्माका सहयोगी भएको जनाइएको छ । 

केहि समयअघी मात्र एक चिनियाँ नागरिकलाई पनि हवालाबाट रकम भारत ल्याएर भारतबिरुद्ध जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो। ति चिनियाँ नागरिकले भारतमा रहेका तिब्बती धर्म गुरु दलाई लामाका बिरुद्ध जासुसी गरेको आरोप पनि लागेको थियो। 

भारत र चीनबीच सीमामा विवाद चर्कदै जाँदा जासुसीका घटनाहरु सार्वजनिक भएका छन् । केहि दिन अघी मात्र एक चिनियाँ आइटी कम्पनीले भारतका राष्ट्रपति प्रधानमन्त्री सुरक्षा निकायका प्रमुखहरु सहित १० हजार जना प्रभावशाली व्यक्तिको जासुसी गराएको तथ्य भारतीय मिडियामा आएको थियो ।

सो तथ्य सार्वजनिक हुने बित्तिकै सरकारले एक उच्चस्तरीय छानविन समिति गठन गरि एक महिनाभित्र प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ। चीन सरकारकै लागि जासुसी गरेको आरोपमा भारतले चिनियाँ राजदुतलाई सो सम्बन्धमा आफ्नो बिरोध जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ