arrow

ट्रम्पलाई पठाइएको पत्रमा ‘रिसिन’ विषालु पदार्थ 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाइएको खुलासा भएको छ । उनलाई कुरियरमार्फत उक्त विशालु पदार्थसहितको पत्र पठाइएको खुलेको हो । 

ट्रम्पलाई सम्बोधन गरेर पठाइएको शंकास्पद पत्रमा ‘रिसिन’ नामको विषालु पदार्थ भेटिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

उक्त पत्र ह्वाइटहाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन सफल भउका थिए । 

अमेरिकी संघीय जाँच ब्युरो एफबीआई र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनका क्रममा उक्त पत्र क्यानाडाबाट पठाइएको हुनसक्ने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा यस्ता किसिमका बखेडा निस्किन थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ