arrow

पत्रकारलाई सांकेतिक रुपमा बहिष्कार गरेको नगरपालिकाका एक जनप्रतिनिधिले गरिदिए पत्रकारको बिमा 

logo
प्रकाशित २०७७ असोज ४ आइतबार
119126902_765202307384238_9.jpg

स्याङ्जा । नगरपालिकाको अनियमितता नियमित रुपमा बाहिर आउन थालेपछि नगरपालिकाका कार्यक्रममा साङ्केतिक रुपमा बहिष्कार गरेको गल्याङ नगरपालिका एक जनप्रतिनिधिले नगरपालिकाभित्र सक्रिय पत्रकार र मजदुरको कोरोना बिमा गरिदिएका छन् ।

नगरपालिकाको अनियमितता बारे समाचार बाहिर आएसंगै सूचना माग्न पुगेका पत्रकारलाई सूचनासमेत नदिएको नगरपालिकाले आफ्ना कर्तुत बाहिर आउन थालेपछि नगरपालिकाको पक्षमा लेख्ने बाहेकलाई नगरपालिकाले गर्ने औपचारिक कार्यक्रममा समेत खबर दिन छाडेको छ । 

नगरपालिकाको पक्षमा लेख्ने पत्रकारको निःशुल्क बिमा मात्रै होइन पीसीआरसमेत परिक्षण गरिसकेको नगरपालिकाले अन्य पत्रकारलाई बेवास्ता गर्दै आएको छ । 

आफ्नो पक्षमा लेख्ने पत्रकारहरुलाई नगर प्रमुखले कार्यलयमै बोलाएर विभिन्न सामाग्री वितरण गरेका घटना यसअघिनै सार्वजनिक भैसकेका थिए । 

जुनसुकै पार्टीबाट चुनाव जितेपनि जनप्रतिनिधि भएपछि सबैलाई समान व्यबहार गर्नुपर्ने भन्दै पोसिली हस्तान्तरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराईले यी जनप्रतिनिधिबाट अन्य जनप्रतिनिधिले केही सिक्नुपर्नेमा जोड दिए ।

नगरपालिकाको ३ नम्बर वडाबाट निर्वाचित अध्यक्ष महेश भट्टराईले नगरपालिकाभित्र सक्रिय रहेका २१ जना पत्रकार र १६ जना मजदुरको आफ्नै ब्यक्तिगत खर्चबाट कोरोना बिमा गरिदिएको जानकारी दिए । 

भट्टराईले भने, ‘नगरपालिकाका कर्मचारीहरुलाई पनि भयो जनप्रतिनिधि लाई भयो र स्वास्थ्य कर्मी लाई पनि तर फन्ट लाइनमा खटिएर काम गर्ने पत्रकार र दैनिकी काम गर्ने भरियामा कसैको नजर पुग्न नसकेको हुँदा बिमा गरिदिएको हुँ ।’

देश एवम् नगरको विकासको लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै आफुले काम गर्ने क्रममा केही  कमीकमजोरी भए त्यसलाई बाहिर ल्याइदिन पनि उनले आग्रह गरे । 

पत्रकार र मजदुरको गरिएको कोरोना बिमाको पोलिसी हस्तान्तरण गर्दै जनप्रतिनिधि भट्टराईले आफुले नेपाली कांङ्ग्रेसको तर्फबाट टिकट पाए पनि वडाभित्र कुनै राजनीति भेदभावका आधारमा काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘मैले जानेर अहिलेसम्म कहिँ गल्ती गरेको छैन । त्यस्तो केही कमीकमजोरी भेटिएमा आफूलाई बताउनु होला यही आग्रह गर्छु ।’

भट्टराईले पत्रकारहरु समाजको ऎना भएको हुँदा पत्रकारले समाचार लेखेकै आधारमा पत्रकारलाई दुश्मन देख्ने जनप्रतिनिधि हुन नसक्ने भन्दै मिडियामा आएका कुरालाई सच्याउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘हामीले काम गर्दै हिँड्ने हो काम गर्ने क्रममा कहिँ कतै त्रुटी भएको भए त्यसलाई पत्रकारले उजागर गर्ने हुँदा मिडियामा आएका कुरामा अरुलाई दोष लगाउनुभन्दा आफै सुध्रिन तर्फ लाग्नुपर्छ ।’

कार्यक्रम बोल्दै कार्यक्रम बोल्दै गल्याङ जेसिजका अध्यक्ष दर्बेन्द्रदेव खनालले अमर रहन सधै नयाँ मात्रै गर्नुपर्दैन भैइरहेको कामलाई नयाँ ढंगबाट गर्न सके पनि अमर हुन सकिन्छ भन्दै सबैलाई समान रुपले काम गरेको भन्दै जनप्रतिनिधि भट्टराईको प्रशंसा गरे । 

कार्यक्रममा बोल्दै गल्याङ लायन्सका अध्यक्ष अर्जुन बस्यालले गल्याङले साँझ नेतृत्व खोज्ने बेला आएको कुरा औँल्याए । 

कार्यक्रम आलमदेवी मिडिया प्रालिका अध्यक्ष टिकाराम अधिकारीको सभापतित्व र साधना न्यौपानेलेको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ