arrow

चीनको अधिनबाट मुक्तीको खोजिमा फिलिपिन्स

logo
जोशुआ बर्नार्ड
प्रकाशित २०७७ असोज ४ आइतबार
rodrigo-duterte-philippine.jpg

काठमाडौं। फिलिपिन्सको स्वतन्त्र परराष्ट्रनीतिले अहिले चीनलाई आफ्नो शत्रुका रुपमा हेरेको छैन्, यद्यपि मनिलाले बेइजिङसँगको सम्बन्ध परिवर्तन गर्न खोजिरहेको छ।

फिलिपिन्स अहिले सबै मित्रराष्ट्रहरुसँग मित्रवत र शत्रुहरुसँग शत्रुकै व्यवहार गर्न खोजिरहेको छ। यसबीच चीनसंगको सम्बन्धमा पनि आफ्नो स्थान टुंगो लगाएर जानुपर्ने देखिन्छ। फिलिपिन्सले एक मजबुत र स्वतन्त्र राष्ट्रको रुपमा उभिनका लागि यो निर्णय लिनै पर्छ की चीनलाई शत्रु मान्ने या मित्र। तर चीनसँग द्वन्द गरेर जान फिलिपिन्सलाई त्यति सहज भने पक्कै छैन।

राष्ट्रपति रोड्रिगो दुतेर्तेको सोचको नतिजाविरुद्ध चीनले कोरोना भाइरसको महामारीकाबीच समेत आफ्नो विस्तारवादी नीतिमा कमी हुन दिएको छैन। सन् २०१६ को अर्बिट्रल ट्रिबुनललाई अस्विकार गर्दै चीनले दक्षिण चीन सागरमा आफ्नो कब्जालाई निरन्तरता दिएको छ।

दक्षिण चीन सागरमा चीनले फिलिफिनो फिसिङ र सुरक्षा जहाजहरुमाथि आक्रमण एवं दुश्प्रयासलाई निरन्तरता दिएको छ । सन् २०१६ मा फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको अवैधानिक विस्तारवादविरुद्ध न्यायको माग गरेको थियो।

तर, फिलिपिन्सकै पक्षमा भएको अन्तर्राष्ट्रिय अदालती घोषणाको उल्लंघन गर्दै चीनले दक्षिण चीन सागरमा आफ्नो कब्जा बढाउँदै लगेको छ। कोरोना भाइरसको माहामारीका बेला स्वास्थ्य र अन्य क्षेत्रमा केही सहयोग र राहत दिँदै चीनले फिलिपिन्सको एक गालामा चुम्बन गरिरहेको छ भने, दक्षिण चीन सागरमा फिलिपिन्सको भुभागमा समेत कब्जा गर्दै अर्को गालामा थप्पड हानीरहेको छ।

यद्यपि फिलिपिन्सले यो गम्भीर अवस्थामा समेत तटस्थ रहन खोजिरहेको छ। दुतेर्तेले दक्षिण चीन सागरमा चिनियाँ जहाजसँगै इन्धन ड्रिलिंग गर्न गएका फिलिपिन्सका जहाजहरुलाई फिर्ता झिकेका छन्, भने उनले दक्षिण चीन सागरमा अवैध गतीविधिमा संलग्न चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय पनि फिर्ता लिएका छन्।

यसबाहेक, गम्भीर सुरक्षा खतराका विषयमा समेत राष्ट्रपति दुतेर्तेले आँखा चिम्लिएका छन्। फिलिपिन्सको सैन्य क्याम्पमा ५ जी विस्तार गर्न चीनलाई नै जिम्मा दिएका छन् भने फिलिपिन्सकै नौसेनाको केन्द्र नजिक चीनलाई विमानस्थल बनाउन समर्थन जनाएका छन्।

दक्षिण पूर्वी एसियाका राष्ट्रहरुको संगठन (एसियएन) इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, मलेसिया, फिलिपिन्स, भियतनाम, बु्रनइ, म्यानमार, कम्बोडिया र लाओस, चीनको प्रभुत्वबाट उम्किन खोजिरहेको अवस्था छ। तर, भौगोलिक जटिलता र केही संस्थाहरुले त्यसो हुनबाट जोगाइरहेका छन्।

सन् २०२० को भियतनाको बलले एसियनहरुले चिनियाँ केन्द्रिकरणबाट दुरी बनाउँन सके पनि २०२१ मा अध्यक्षता ग्रहण गर्ने बु्रनइले एसियनलाई चीनविरुद्ध खडाहुनबाट फेरि रोक्न सक्ने देखिन्छ।

दक्षिण चीन सागरमा विवाद सुल्झाउन सन् २००२ मा भएको चीन र १० एसियन देशहरुबीचको सम्झौताको कोड अफ कन्डक्ट सन् २०२१ मा हुने मिति तोकिएको छ।

तर, कोड अफ कन्डक्ट सस्पेन्ड हुनसक्छ र चीनले दक्षिण चीन सागरमा आफ्नो विस्तारवादलाई निरन्तरा दिइरहन्छ। यद्यपी मनिलाले आफ्नो सुरक्षाका लागि सकेजतिका सबै कदमहरु चालिरहेको अवस्था छ। दक्षिण चीन सागरमा फिलिपिन्सका नौसेनाहरुको निरन्तरता रहेको छ। यद्यपी चीनले फिलिपिनो नौसेनाको डर हैन बरु उनीहरुलाई नै धम्क्याउँदै आफ्नो गतीविधिहरु सञ्चालन गर्दै आएको छ। फिलिपिन्सले सैन्य क्षेत्रमा लगानी बढाइरहेको छ र सैन्यभित्रका अपरेशनहरुलाई आधुनिकरण गर्दै लगिरहेको छ।

तर, अमेरिकासँगको सैन्य भ्रमण गठबन्धलाई समाप्त गर्न खोजेको दुतेर्तेको कदमले फिलिपिन्स गठबन्धनका माध्यमबाट चीनविरुद्ध खडा हुन खोज्न सक्ने पनि देखिँदैन्। अमेरिका चीनविरुद्ध फिलिपिन्स खडा हुने समयको पर्खाइमा रहेको अवस्था छ।

फिलिपिन्स आफ्नै सुरक्षा अपराधिका रुपमा देखिइरहेका बेला चीन अमेरिकासँगको सुरक्षा प्रतिस्पर्धामा झनै अघि बढ्दै गइरहेको छ। हालै मात्र चीनले दक्षिण चीनसागरमा एयरक्राफ्ट क्यारियर किलर मिसाइल प्रक्षेपण गरेको छ। यसविरुद्ध फिलिपिन्सको पूर्वमा चीनले आफ्नो सुरक्षा रणनीति स्थापनामा कडाइ गरेको छ। यसबीच चीन र अमेरिकाबीच युद्ध हुनसक्ने अवस्थामा फिलिपिन्स तटस्थ रहने भएन भने उसलाई निकै घाटा हुने देखिन्छ। यद्यपी चीनसँग शान्ति र प्रेमिलसम्बन्धको दबदबामा रहँदा रणनीतिक यर्थाथको रेखाबाट फिलिपिन्स पर धकेलिन सक्छ।

दुतेर्तेले कार्यकाल सम्हालेको २ वर्ष भयो । अहिलेको अवस्थामा कोरोना भाइरसको माहामारीका कारण अर्को निर्वाचन निकै टाँढा छ। फिलिपिन्सले आफ्नो स्वास्थ्य क्षेत्रको विकास, अमेरिकासँग्को सुरक्षा गठबन्धनको समाधान र सैन्य रक्षा मुद्रालाई आधुनिकरण गर्ने बेलासम्म चीनले फिलिपिन्समाथि धेरै दबाब बनाइसक्ने देखिन्छ।

त्यसकारण यदि, फिलिपिन्सले चीनविरुद्ध उभिनु छ भने उस्ले एक कठोर रणनीति अघि सार्नुपर्ने हुन्छ। जसले, फिलिपिन्सलाई परम्परागत युद्ध शैली त्यागेर जल, जमिन र हवाई सेनाका क्षेत्रमा ठूलो लगानी र परिवर्तन गर्न सकोस । साइबर र अन्य खतराबाट सुरक्षित रहेर क्षेत्रिय मुलुकहरुसँग रक्षासम्बन्धी सहकार्य गर्न सकोस । मुख्य रुपमा अमेरिकी सुरक्षा गठबन्धनमा संलग्न भएर एक साझा र विश्वसनीय साझेदारका रुपमा अघि बढ्न सकोस ।

चीनविरुद्ध खडा हुनका लागि यी सबै लक्ष्य हासिल गर्न दुतेर्तेले राष्ट्रिय सुरक्षा परिषद्को पुर्नस्थापना गर्नुपर्नेछ । सुरक्षा परिषद् एक प्रभावकारी एजेन्सीको रुपमा स्थापीत भएर काम गर्नुपर्नेछ नकी राष्ट्रपतिको राजनीतिक एजेण्डाका रुपमा खडा होस् ।

एजेन्सीले, बढ्दो चिनियाँ खतरा सम्बन्धमा रक्षा, विदेश मामिला, स्थानीय सरकार, आर्थिक योजना, विज्ञान र प्रविधि, श्रम, उर्जालगायतका क्षेत्रमा उल्लेख्य स्ट्र्याक्ट गर्न सकेमा फिलिपिन्स स्वतन्त्र चीन नीतिमा सफल हुनेछ। जीओपलिटिकल मनिटरबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ