हङकङमा नयाँ कानुन लागु भएपछि जर्मन थिंक ट्यांकले बन्द गरे आफ्नो कार्यालय
एजेन्सी,
प्रकाशित २०७७ असोज ४ आइतबार
400
Shares
बर्लिन । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेपछि त्यहाँ त्रास उत्पन्न भएको भन्दै विभिन्न विदेशी संघ संगठनहरुले हङकङमा रहेका आफ्ना कार्यालयहरु बन्द गरेका छन् ।
एक जर्मन थिंक ट्यांकले पनि हङकङस्थित आफ्नो कार्यालय बन्द गरिरहेको जनाएको छ।
चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि जर्मनीको विपक्षी फ्रि डेमोक्र्याटिक पार्टीसँग जोडिएको फ्रिडरिक नौमान फाउण्डेशन फर फ्रीडमले बुधवार नयाँ कानुनको परिणाम स्वरूप आफ्ना कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न नसक्ने भएकोले कार्यालय बन्द गर्न लागेको जनाएको छ ।
पूर्व बेलायती उपनिवेश रहेको हङकङमा आफ्नो कार्यालय बन्द गर्ने यो पहिलो संस्था भने होइन ।
यसअघि पनि चिनियाँ त्रासका कारण कार्यालय छोडेर अन्य संस्थाहरु त्यहाआाट पलायन भएका छन् ।
जर्मन थिंक ट्यांकले आफ्नो कार्यालय छोड्ने र आफ्ना चार कर्मचारीसँगै जर्मन फर्किने बताएको छ ।
यसअघि दुई जना कर्मचारी आफ्नो सुरक्षा खतरा रहेको भन्दै जर्मन फर्किएका थिए ।