arrow

वार्ताले पनि सुल्झिएन समाधान, अफगानिस्तानमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

logo
रासस–एएनआई, 
प्रकाशित २०७७ असोज ५ सोमबार
afghanistan-taliban-killed.jpg

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ । 

आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । 

तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ । आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए । 

ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो । आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए ।  

आइतबारै तालिबानहरुले यो अर्को हमला गरेका छन् । उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन् । 

उनीहरुले सुरक्षा जाँच चौकीमा ठूलो संख्याका लडाकूसहित आक्रमण गरेका थिए । हालैमात्र अफगान सरकार र त्यहाँका तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ । 

वार्ता जारी नै रहेका बेला यता तालिबानले भने आक्रमण शुरु गरेका छन् तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ