arrow

दुई लाख ३१ हजार कोरोना भाइरसका संक्रमित थपिए, कहाँ कति ? 

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
27eb64207d984f2bb40d19786d3.jpg

काठमाडौं । सोमबार विश्वभर २ लाख ३० हजार ८५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सबैभन्दा बढी भारतमा ७४ हजार ४३९ जना थपिए । अमेरिकामा ३६ हजार ३७२, ब्रजिलमा १५ हजार ४५४, अर्जेन्टिनामा ८ हजार ७८२, रुसमा ६ हजार १९६ जना थपिए । 

त्यसैगरी कोलम्बियामा ५ हजार ३५९, फ्रान्समा ५ हजार २९८, बेलायतमा ४ हजार ३६८ जना ंक्रमित थपिए । 

इन्डोनेसियामा ४ हजार १७६, पेरुमा ४ हजार १, इराकमा ३ हजार ८२१, मेक्सिकोमा ३ हजार ५४२, इरानमा ३ हजार ३४१, बंगलादेशमा १ हजार ७०५ र नेपालमा १ हजार १५४ जना संक्रमित थपिए । 

सोमबार ४ हजार १३३ जनाको ज्यान गएको छ । भारतमा सबैभन्दा बढी १ हजार ५६, ब्रजिलमा ४५५, अर्जेन्टिनामा ४२९, अमेरिकामा ३८८, मेक्सिकोमा २३५, कोलम्बियामा १८९, इरानमा १७७, इन्डोनेसियामा १२४, रुसमा ७१, स्पेनमा ५६ र नेपालमा १६ जनाको ज्यान गयो । 

अहिलेसम्म ३ करोड १४ लाख ७९ हजार ७१८ जना संक्रमित भएका छन् । ९ लाख ६९ हजार २३० जनाको ज्यान गएको छ भने २ करोड ३१ लाख ८ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७० लाख ४६ हजार २१६, भारतमा ५५ लाख ६० हजार १०५, ब्रजिलमा ४५ लाख ६० हजार ८३, रुसमा ११ लाख ९ हजार ५९५ जना संक्रमित भएका छन् । 

अमेरिकामा २ लाख ४ हजार ५०६, ब्रजिलमा १ लाख ३७ हजार ३५० तथा भारतमा ८८ हजार ९६५ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ