arrow

बायोफर्मासिटीकलमा लीक हुँदा चीनमा हजारौंलाई ब्याक्टेरियल संक्रमण

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ६ मंगलबार
china-flag.png

काठमाडौं। उत्तरपश्‍चिम चीनमा हजारौंलाई ब्याक्टेरियल संक्रमण भएको पाइएको छ । चिनियाँ अधिकारीहरुका अनुसार चीनमा एक बायोफर्मासिटीकल कम्पनीमा लिक भएपछि गत वर्ष उक्त संक्रमण फैलिएको हो । 

गान्सु प्रान्तको लान्जोउस्थित स्वास्थ्य आयोगका अनुसार तीन हजार २४५ जनालाई उक्त ब्याक्टेरियल संक्रमण ब्रुसेलोसिस भएको पाइएको हो । त्यसैगरी अन्य एक हजार ४०१ जनालाई प्राथमिक अवस्थामा संक्रमण पोजेटिभ देखिएको थियो । तर, यस संक्रमणबाट हालसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन । 

गान्सुको २.९ मिलियन जनसंख्यामध्ये २१ हजार ८४७ जनालाई संक्रमण भइसकेको छ । यस रोगलाई माल्टा अथवा मेडिटेरियन फिभर पनि भन्‍ने गरिएको छ । यो संक्रमण भएमा टाउको दुख्‍ने, ज्वरो आउने र छटपटी हुने लक्षण देखिन्छ । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यस संक्रमण मानवदेखि मानवमा हुने सम्भावना एकदमै कम भएको पाइएको  छ । 

धेरै मानिसहरुलाई रेडिमेड खाना तथा बजारमा पाइने जंग फुडबाट यो संक्रमण हुने गरेको पाइएको  छ । त्यसैगरी हावामा फैलिने ब्याक्टेरियामार्फत पनि धेरैलाई यसको संक्रमण हुने गरेको पाइएको सीडीसीले जनाएको छ । 

गत वर्ष अगस्टमा लोन्झोउ भेटेरेनरी रिसर्च इन्स्टिच्युटको फर्मासिटीकल लिक हुँदा उक्त व्याक्टेरिया फैलिएको बताइएको छ । उक्त कम्पनीबाट एरोसोल ग्यास लिक भएको र उक्त ग्यासमार्फत नै ब्याक्टेरिया फैलिएको बताइएको छ । 

अगस्टमा लिक भए पनि नोभेम्बरदेखि मानिसहरुलाई संक्रमण हुन थालेको र डिसेम्बरसम्म १८१ जनालाई संक्रमण भएको पाइएको चिनियाँ सरकारी सञ्‍चारमाध्यम सिन्हवाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ