arrow

परस्पर प्रतिद्धन्दी अर्मेनिया र अजरबैजान दुबैलाई हतियार सप्लाई गर्दै रुस 

अर्मेनिया र अजरबैजानसँग रुसको भूराजनीतिक सम्बन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ६ मंगलबार
azerbaijan-armerina.jpg

काठमाडौं। विगत १२ वर्षयता दक्षिण ककेशस (ब्ल्याक सी र क्यास्पियन सागरबीचको अर्मेनिया, अजरबैजानलगायतका देशरहेको क्षेत्र) मा रसियाको प्रमुत्व रहिआएको छ। यसको मुख्य कारण जर्जियामाथि रुसी आक्रमण र सन् २००९ देखि दक्षिण ककेशस क्षेत्रमा ओबामा प्रशासनको गरेको बिच्छेद हो। ट्रम्प प्रशासनले यो क्षेत्रमा अहिले प्रोफाइल बनाउन खोजेपनि ओबामाका दुई कार्यकालले गरेको क्षतिलाई भने भरिपूरण गर्न सकेको छैन्।

सन् १९९४ मा समाप्त भएको नागोर्ना काराबाख युद्धपछि रुसले अजरबैजान र अर्मेनियामा लगातार हतियार सप्लाई सुरु गरेको थियो । यद्यपी सन्तुलन  कायम गर्नका लागि भने रुसले अर्मेनियाकै पक्ष लिएको छ । जसबाट उसले ठूलो फाइदा पनि लिनसक्छ।

रुसले अर्मेनियाको सैन्य क्षेत्रलाई यति मद्दत गरेको छ कि सन् २०१८ को ग्लोबल मिलिटराइजेसन सुचकांकका आधारमा अर्मेनिया हतियार खरीदका मामिलामा विश्वकै तेस्रो स्थानमा रहेको छ।

सोभियत युनियनको विघटन भएसँगै रुस र अर्मेनियाबीच सन् १९९२ देखि सैन्य सम्बन्ध रहिआएको छ । सन् १९९७ मा दुई देशबीच खतराका बेलामा एक अर्कोलाई सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसैबेलादेखि अर्मेनियाको मुख्य हतियार प्रदायकका रुपमा रसिया रहिआएको छ।

अर्कोतर्फ, अजरबैजान भने रुसी हतियार निर्यात ब्युरोहरुले तोकेको चर्को शुल्क तिर्न बाध्य छ । तर, अर्मेनिया भने रुसी ऋणबाटै रुसी मुद्रामा सामान्य पैंसा भुक्तानी गर्दै आएको छ। यसबाहेक, रोचक कुरा के छ भने, सन् २०१३ मा अर्मेनिया र रुसबीच भएको सम्झौताले अर्मेनियालाई रुसी घरेलु मुद्रामै रुसी हतियार किन्न पाउने व्यवस्था गरेको छ।

यसक्रममा असन्तुष्ट अजरबैजानका परराष्ट्र नीति मामिला विभागका प्रमुख हिकमेट हाजिएभले, “अर्मेनियाले सस्तो मुल्यमा रुसबाट हतियार किनेर अवैधरुपमा आतंकारी समुहलाई बिक्री गर्ने गरेको” आरोप लगाएका छन्।

रुसबाट यति फाइदा पाइरहेको येरेवान (अर्मेनियाको राजधानी) बाकु(अजरबैजानको राजधानी)लाई रुसले हतियार बेचेको कुरामा असन्तुष्टि जनाउँछ। यद्यपी रुसले भने, क्षेत्रिय सैन्य सन्तुलनका लागि यस्तो आवश्यक रहेको बताएको छ।

यसबाहेक, रुसको केन्द्रीय राजस्वका लागि समेत अजरबैजानलाई उसले हतियार बेच्नु आवश्यक छ। सन् २०१३ देखि सन् २०१७ सम्मा अजरबैजानले आयात गरेको कुल हतियारको दुई तिहाइ रुसी रहेको छ।

रुसले अर्मेनियालाई बेच्ने त्यस्ता अत्याधुनिक हतियारहरु अन्य कुनै पनि मुलुकलाई भने बिक्री गरिरहेको हुँदैन्। यी विविध कारणबस अजरबैजान अत्याधुनिक हतियार आयातका लागि अन्य निर्यातकर्ताहरुतर्फ फर्किएको छ। तर, पश्चिमाहरु अजरबैजानलाई हतियार बिक्रीको बेवास्ता गरेर आफ्नो प्रभुत्व कायम गर्न खोज्दै गर्दा रुसी विदेशनीतिले अजरबैजानलाई हतियार दिँदैन्।

रुसमाथि अर्मेनियाको सैन्य एवं हतियार निर्भरताका भुराजनीतिक असरहरु पनि धेरै छन्। सन् २०१० अर्मेनियाले युरोपियन युनियनसँग एसोसिएसन एग्रिमेन्ट गर्ने तयारी गरेको थियो तर रुसले त्यो हुन दिएन।

किनकी त्यसो भएमा अर्मेनियाले युरोपसँग फ्रि ट्रेड गर्न सक्थ्यो र जुन रुसलाई घाटाको सौदा हुन जान्थ्यो। बरु अर्मेनिया त्यसवर्ष रसिया निर्देशित युरोसियन इकोनोमिक युनियनमा आवद्ध भयो। यसबाहेक अर्मेनियाले रुसद्धारा सञ्चालित सामुहिक सुरक्षा सन्धी गठबन्धनको सदस्य रहेको छ। अर्मेनियाको ग्युम्रीमा रसियाले आफ्ना ३ हजार सैनिकको क्याम्प खडा गरेको छ।

यसबाहेक रसियाले अर्मेनियाली सशस्त्र सेनालाई यसको दक्षिणी सैन्य जिल्लाको संरचनामा एकीकृत गर्दैछ जसमा रुसी र अर्मेनियाली संयुक्त सैन्य गठबन्धन रहेको छ। यसबाहेक रुसले अर्मेनियाको उर्जाक्षेत्रमा समेत आफ्नो ठूलो प्रभाव पारेको छ । अर्मेनियाको ८० प्रतिशत उर्जा क्षेत्रमा रुसी कम्पनीहरु रहेका छन् भने बैंक क्षेत्रमा पनि रुसी बैंकको प्रभाव रहेको छ। सन् २०१६ को सैन्य झडपपछि रुसले अर्मेनिया र अजरबैजानलाई गोलाबारुदको वितरण बढाएको छ । हालै समेत अजरबैजान र अर्मेनियाबीच सैन्य झडप भइरहेको अवस्था छ।

यसबीच रुसले भने आफ्ना सैनिकहरुलाई अर्मेनियामा पठाएको छ । जर्जियाले भने आफ्नो भुमीबाट रुसी सैन्य उडानलाई अस्विकार गरेको छ। जर्जियाले अवरोध गरेसँगै रुसले अहिले कजाकिस्थान, तुर्कमिनास्तान, इरान हुँदै अर्मेनियामा सैन्य उडान एवं अन्य निर्यातका गतिविधिहरु सञ्चालन गर्दै आएको छ।
रसियाले अजरबैजानको असन्तुष्टि थाहा पाएसँगै अब उस्ले अर्मेनियासम्म पुग्न टर्कीलाई मात्रै एक भरपर्दो मित्रका रुपमा हेरिरहेको छ।

खासमा रुसले दक्षिण ककेशियामा जातिय द्धन्द्धको माध्यमबाट आफ्नो फाइदा लिनका लागि अजरबैजान र अर्मेनिया दुवैलाई शक्तिशाली महशुस गर्न नदिन र आफुमाथि निर्भर राख्नका लागि अनेकथरी चालहरु चलिरहेको छ । यसले दक्षिण ककेशियामा रुसको प्रभुत्व कायम रहिरहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ