arrow

कोरोनाभाइरसः भारतमा संक्रमितभन्दा मुक्त हुने सात हजारले बढी 

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
india-krishi-bill-birodh.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित ५६ लाख ४० हजार ४९६ पुगेका छन् । मंगलबार मात्रै ८० हजार ३७६ जना संक्रमित थपिएका छन् । सोमबार ७४ हजार ४९३ जना संक्रमित थपिएका थिए । 

हाल ९ लाख ६७ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै अहिलेसम्मकै रेकर्ड १ लाख २ हजार ७० जना कोरोनामुक्त भएका थिए । 

मंगलबार भने ८७ हजार ८१ जना संक्रमण मुक्त भएका छन् । मंगलबार संक्रमित भन्दा मुक्त हुने सात हजारले बढी हुन् । 

पछिल्लो ५ दिनमा १० लाख ३० हजार सक्रिय संक्रमित घटेर ९ लाख ६७ हजार पुगेका हुन् । गत १८ सेप्टेम्बरमा ९५ हजार ३७३ जना कोरोनामुक्त भएका थिए । 

भारतमा कोरोनाबाट ९० हजार २१ जनाको ज्यान गइसकेको छ । मंगलबार १ हजार ५६ मृतक थपिएका छन् । 

भारतमा अधिकांश राज्यहरुमा सबै कुरा खुलेका छन् । विद्यालयसमेत पनि खुलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ