arrow

इजरायलसँग शान्ति सम्झौता गर्ने विषयले साउदीमा शाही लडाइँ, युवराज पक्षमा राजा विपक्षमा

साउदीको भविष्य बनाउने र भत्काउने कमान युवराजकै हातमा

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ७ बुधबार
saudi-prince2.jpg

काठमाडौं। मध्यपूर्व र खाडी क्षेत्रमा अहिले अमेरिकी कदम सफल हुँदै गएको छ। इजरायसँगको सहयोगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरुलाई शान्तिको बाटोमा लैजान निरन्तर कदम चाल्दै आएका छन्। अब्राहम एकोर्ड भनिएको युएई र इजराय एवं बहराइन् र इजरायलबीचको शान्ति सम्झौताले यहुँदीलाई शत्रुवत रुपमा हेर्दै आएका मध्यपुर्व एवं खाडी मुलुकहरु अब इजरायलसँग नजिक हुँदै गएको देखिएको छ।

यद्यपि, अरब देशहरुकातर्फबाट अहिले इजरायलसँगको निकटताका लागि साउदी अरेबियाले मुख्य भुमिका निभाइरहेको छ जस्को नेतृत्व ३४ वर्षीय साउदी क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान अर्थात एमबीएसले गरेका छन्।

युवराज सलमानले इजरायलसँगको शान्तिसम्झौतालाई खुला मनले स्वागत गरेको बताएका छन्। उनले, साउदी र इजरायलबीचको सम्झौतालाई नयाँ रुप दिन खोजेका छन्। इजरायलसँग ऐतिहासिक कट्टर शत्रुता रहेका साउदी राजा आफ्ना छोरा राजकुमार युवराज सलमानको कुरामा भने पूर्णरुपमा सहमत छैनन्। साउदी राजा आफ्नो छोरा युवराज सलमान इजरायलसँग सकारात्मक हुँदै गएको विषयमा रुष्ट छन्।

छोराको इजरायलसँगको लगाव र बुबाको शत्रुवत् स्वभावका कारण साउदी शाही परिवारमा अहिले विवाद सिर्जना भएको छ। यसैकारण, अब इस्लामीक विश्वले साउदी युवराज सलमानले निर्णय गर्ने दुई मार्गमध्ये एक छान्नु पर्ने अवस्था आएको छ। पहिलो साउदीको समाज र अर्थव्यवस्थाको उदारीकरणमा जाने र अर्को आफ्ना वुबा एवं राजापुस्ताका विचारधारावादीहरुप्रति वफादार रहने। यी दुई मार्गमध्ये एक मार्ग छानेर युवराज सलमानले साउदीको भविष्य बनाउन र भत्काउन सक्छन्।

वर्तमान राजापछि साउदी युवराज सलमानले नै चलाउने सम्भावना बढी छ। यसका लागि उनले साउदीको युवापुस्तामाझ लोकप्रिय हुन अनेकौं परिवर्तनहरु ल्याइदिएका छन्। राजकुमार सलमानले साउदीमा महिलालाई ड्राइभिङ र भोटिङ अधिकार दिएका छन्। त्यस्तै सिनेमा र बहुलैंगिक अर्थात महिला पुरुष दुवै सहभागि हुन पाउने कन्सर्ट आयोजना गर्न अनुमति दिएका छन्। त्यस्तै कार र्‍यालीमा सहभागी हुन दिने तथा विभिन्न क्रान्तिकारी परिवर्तन युवराज सलमानले गरेका छन्। यी कुराहरुले युवराज सलमान साउदीमा लोकप्रिय छन्।

पत्रकार जमल खस्सोग्गीको हत्या र त्यसको ढाकछेप मुद्दाको आरोपले युवराज एक तानाशाहीका रुपमा रहेको भन्ने कुरा भने स्पष्ट पारेको छ। यद्यपि, साउदीको भविष्य बनाउनका लागि तेलको परम्परागत अर्थव्यवस्थाबाट माथि उम्कन भने जरुरी छ र त्यसका लागि उल्लेख्य कदम युवराज सलमानले मात्रै चालिरहेका छन्। तर, उनको यो योजनामा आफ्ना वुबा अर्थात राजाकै साथ भने छैन्।

परम्परावादी साउदी  दृष्टिकोण एवं इस्लामिक वहाबिजमको उर्दीले चलिरहेको समाजका कारण साउदीको वास्तविक क्षमता कुचलित भएको छ। तेलको मूल्यबाट आर्शिवाद पाएको साउदी परम्परागत व्यवस्थाले नै चल्दै आएको छ।

राजा सलमान र उनका पुस्ताका विचराधारा अगाँल्नेहरुलाई युवराज सलमानले अर्थव्यवस्थाका क्षेत्रमा गर्न खोजिरहेको बदलाव पनि मन पराइरहेका छैनन्।
तर, युवराजसँग भने साउदीलाई तेलको निर्भरताबाट माथि उठाएर एक अर्कै स्थान र उचाइदिने गम्भीर योजना रहेको छ।

साउदीको परम्परागत तेलमाथिको निर्भर अर्थव्यवस्था र प्रवासी श्रमिकको प्रकृयालाई बदल्ने युवराज सलमानको पहिलो प्राथमिकताका रुपमा रहेको छ।
त्यस्तै नियोम मरुभुमीमा फ्युचरिस्टिक सिटी निमार्ण गर्ने ५०० बिलियिनको अर्को योजना युवराजको छ। यी यावत योजनाहरु “भिजन २०३०” भित्रका हुन् र यसलाई सफल पार्न इजरायलसँगको मित्रवत् सम्बन्धको बढी आवश्यक रहने युवराज सलमानको धारणा छ।

यसबोहक इजरायलसँगको शान्तिसम्झौताले साउदीलाई आर्थिक लाभ हुने कुरामा युवराज उत्साहित रहेका छन्। खासमा भन्नुपर्दा, युवराज सलमान आधुनिकतावादका साथ नयाँ विश्वसामु साउदीको वास्तविक तागत देखाएर खडा हुने भिजन बोकेर अघि बढीरहेका छन्।

यो कुरामा परम्परागतवादी बिचारधारा बोकेका वर्तमान राजाका पुस्ता सहमत छैनन्। त्यसकारण, अब सलमानले आफ्नो बिचारधारालाई अघि सारेर त्यस अनुरुप काम गरेर साउदीलाई नयाँ उचाइ दिने हो या राजाप्रति वफादारी देखाएर तेलको आयु बराबरको आयु बनाएर साउदीको भविष्य अन्धकारतातर्फ धकेल्ने हो भन्ने दुई कुराबाट एक छान्नु आवश्यक छ।

तर, यो कुरा लभगभ स्पष्ट छ कि युवराज सलमान साउदीलाई आधुनिकताको बाटामो नै लैजाँदैछन्। अर्थतन्त्रलाई विविधिकरण गरेर साउदीलाई पर्यटकीय, आईटी, पूर्वाधार विकास लगायतका आर्थिक क्षेत्रका रुपमा विकास गर्न युवराले भिजन २०३० अघि सारेका हुन्।

युवराज सलमानले यो एक ठूलो लक्ष्य हासिल गर्न आफ्ना बिरामी वुबा र त्यहाँको पुरानो गार्डबाटमाथि उठ्न जरुरी छ। यदी युवराज आफ्नो विश्वासबाट खस्के भने उनले साउदीको भविष्यलाई घट्दो तेलको मुल्यसँगै एक समाप्तिको बाटोमा बरालिँदै गरेको अवस्थामा देख्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ