arrow

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज ७ बुधबार
corona-italy111.jpg

रोम ।  इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । 

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । 

देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार देशको क्याम्पनीया, लिगुरिया, मार्चे, पुग्लीया, टुस्कानी, भाल्ले डि ओस्टा र भेनेटोका क्षेत्रहरुमा निर्वाचन भएको हो । 

दुई दिने यस स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ८५ लाख मतदाता सहभागी भएको पनि मन्त्रालयले जनाएको छ ।

निर्वाचनमा सत्तारुढ दल मध्य—दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धनले टुस्कानी, क्याम्पानाीया र पुग्लीयामा विजयी हासिल गरेको छ । 

त्यसैगरी दक्षिणपन्थी विपक्षी दल लिग पार्टीले लिगुरिया र भेनोटोमा जितेको छ । दक्षिणपन्थी अर्को दल ब्रदर अफ इटली मार्चे क्षेत्रमा विजयी भएको छ । 

इटलीमा गत बसन्त ऋतुकै बेलामा निर्वाचन हुनु पर्ने नियमित तालिका रहेपनि कोरोना महामारीका कारण अहिले मात्र निर्वाचन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ