arrow

भारत, ब्रजिल र अर्जेन्टिनाका नागरिकलाई साउदी प्रवेशमा रोक

logo
एएनआई,
प्रकाशित २०७७ असोज ७ बुधबार
saudi-arabia-final.jpeg

रियाद । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ