arrow

क्यानाडा पनि कोरोनाको दोस्रो चरणमा, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज ८ बिहिबार
corona-canada.jpg

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को संक्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले बुधबार क्यानाडामा पनि कोभिड १९ को संक्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका थिए– क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ । 

उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे । 

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो संक्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् ।

यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् । 

यहाँका अधिकारीहरुको तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी संक्रमित देखिएका बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ