arrow

एकै दिनमा एघार सय ४१ को मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
corona-killed-india.jpg

नयाँदिल्ली ।  भारतमा कोरानाभाइरसबाट संक्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ संक्रमितहरु थपिएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको अधिकारीहरुले बताएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना संक्रमित भएका हुन् । 

कुल संक्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय संक्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार संक्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना संक्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म छ करोड ८९ लाख २८ हजार ४४० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ