arrow

महामारी शुरु भए यताकै धेरै संक्रमित थपिए बेलायतमा

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
corona-england.JPG

लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना संक्रमित भेटिन थालेका छन् ।यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै संक्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् । 

उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् ।यो यहाँ संक्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ संक्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ । 

यहाँको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना संक्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ