arrow

चीनविरुद्ध ट्रम्पको लडाई कमजोर पार्दै अमेरिकी कर्पोरेटहरु

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
california-silicon-valley.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्युनिस्ट पार्टीका  अभियानविरुद्ध कदम चालिरहेका बेला कर्पोरेटहरु भने चीनको पछि दौडिएका छन्। दुई देशबीच यसअघी व्यापारयुद्धका समाचारहरु बाहिर आइरहेका थिए। व्यापार युद्ध जारी रहेकै बेला कोरोना भाइरसको माहामारीका मार्फत पुरै विश्वको अर्थतन्त्र कब्जामा लिन खोजेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीलाई पाठ सिकाई छाड्ने अभियानमा ट्रम्प लागिपरेका छन्।

यद्यपि, ट्रम्पको यो कदमलाई कम्युनिस्ट राज्यमा लगानी गरेका ठूला अमेरिकी कर्पोरेट कम्पनीहरुले खासै साथ नदिई चीनसँगको सम्झौता बढाइरहेका छन्। प्रमुख कार निर्माता कम्पनी टेस्ला, भोल्भो, फोर्ड र मर्सिडीज बेन्जले ट्रम्पको नीति बिरुद्ध गई अमेरिकी सरकारमाथि मुद्धा हालेर चिनियाँ सामानको आयातमा तिरेको भन्सार महसुल फिर्ता दिन माग गरेका छन्।

टेस्लाले अमेरिकी कदमलाई, ‘मनमानी, छलकपट र विवेकको दुरुपयोग’ भनेको छ। त्यस्तै मर्सिडिजले, ‘चीनबाट आयात हुने ५ सय अर्ब डलर बराबरको आयातका क्षेत्रमा व्यापार युद्धको संकेत गरेको’ आरोप लगाएको छ।

चीन विश्वको सबैभन्दा ठुलो अटोमोबाइल बजार हो। त्यसकारण, कार निर्माताहरु चिनियाँ आयातमाथि ठूलो भन्सार महसुल लगाएकामा विरोध गरिरहेका छन्।अमेरिकाले चिनियाँ कब्जामा रहेको सिन्जिंग प्रान्तबाट कपास र यससँग सम्बन्धित उत्पादनमा प्रतिबन्द लगाउने तयारी गरेको छ। सो क्षेत्रमा चीनले अल्पसंख्यक समुदायका मानिसहरुको श्रम शोषण गरेका घटनाहरु समेत बाहिरिएका छन्।

यसैबीच अमेरिकन अपेरल एण्ड फुटवेयर एसोसिएसनका अध्यक्ष स्टीफन लामारले बिहीबार सांसदहरुलाई अमेरिकाले सिन्जिंग क्षेत्रका कपास वा अन्य उत्पादनहरुमा पूर्ण प्रतिबन्धले एक ठूलो संकट उत्पन्न गर्ने बताएका छन्। उनले चीनको पक्ष लिँदै पूर्णरुपमा प्रतिबन्ध गर्न असम्भव रहेको बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारवादी छवी बनाउँदै गएको चीनविरुद्ध कदम चालिरहेका बेला केही अमेरिकी कम्पनीहरुले भने चीनमै थप लगानी गरिरहेको खुल्न आएको छ।

गोल्डम्यान सैक्स इंक र जेपी मार्गन चासे एण्ड कर्पोरेसनले चीनमा अर्बौ डलर लगानी गरेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ। त्यस्तै ५ ठूला अमेरिकी बैंकहरुले चीनमा करिब ७१ बिलियन डलरको लगानी गरेका छन्। जेपी मार्गन एक्लैले करिब २० बिलियन डलर लगानी गरेको छ जुन २०१८ को भन्दा १० प्रतिशत बढी हो।

यति मात्रै हैन्, चीनसँगको सम्बन्धलाई अझै मजबुदत देखाउनका लागि गोल्डम्यान सैक्सजस्ता कम्पनीहरुले अमेरिकी कार्यालयहरुमा चिनियाँ कम्युनिस्ट पार्टीका छोरा, भतिजा, भान्जा, जस्तालाई बिनाकुनै अनुभव काममा राख्दै आएको छ। यो भनेको चीनसँग अमेरिकी कम्पनीको कुराहरु सेयर गर्नका लागि हो। यसको उदाहरण सन् २०१६ मा जेपी मोर्गनलाई अमेरिकी नियामकले चिनियाँ ‘राजकुमार’हरुलाई नियुक्ती गरेको विषयमा जरिवानासमेत तोकेका थियो। चीन आर्थिक मामिलामा बद्नाम मात्रै हैन्, यसले विभिन्न देशको सुरक्षा खतरासमेत बढाएको विभिन्न देशको आरोप छ।

बौद्धिक सम्पतीको चोरी, रक्षा पूर्वाधारको प्रतिलिपि, जासुसी, वित्तीय धोखाधडी लगायतका अनेकन चालबाजीहरु गर्दै आएको आरोपि चीनमाथि विश्वभरका कतिपय देशहरुले गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिकी कर्पोरेटहरुले लामो समयपछि नेतृत्वमा आएपनि ट्रम्प प्रशासनलाई सर्मथन र सहयोग गर्नुको सट्टा कर्पोरेटहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि चिनियाँ पक्ष लिनु र जनतालाई संकटमा पार्न खोजेमा उनीहरुको निन्दा भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ