arrow

भारतमा धमाधम घट्दै कोरोनाका सक्रिय संक्रमित 

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
corona-india-test3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित  दिनानुदिन घट्दै गएका छन् । गत हप्ता १० लाख २० हजार सक्रिय संक्रमित पुगेकामा हाल ९ लाख ५६ हजार ५११ जना मात्र सक्रिय संक्रमित रहेका छन् । 

शनिबार ८८ हजार ७५९ जना संक्रमित थपिँदा ९२ हजार ३५९ जना कोरोनामुक्त भएका थिए । शुक्रबार ९३ हजार १६६ जना कोरोनामुक्त हुँदा ८५ हजार ४६५ जना संक्रमित थपिए । यसअघि बिहीबार पनि कोरोनामुक्त हुने बढेका थिए । 

अहिलेसम्म भारतमा ५९ लाख ९० हजार ५८१ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ४९ लाख ३८ हजार ६८८ जनालाई निको भएको छ । 

अहिलेसम्म ९४ हजार ५३४ को मृत्यु भएको छ । शनिबार मात्रै १ हजार १२४ जनाले ज्यान गुमाए । हाल ८ हजार ९४४ जनाको स्थिति गम्भीर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ