arrow

कोरोनाले दोधारमा मुलुकहरु, कति पुगे संक्रमित तथा मृतक ?

logo
पेरिस,
प्रकाशित २०७७ असोज ११ आइतबार
spain-corona-viurs.jpg

एएफपी । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण कम नभएपछि के गर्ने भन्ने दोधारमा परेका छन् । आइतबारसम्ममा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३० लाख ६२ हजार पुगेका छ । कूल संक्रमितमध्ये दुई करोड ४४ लाख १२ हजार निको भएका छन् भने करिब ७६ लाख ५० हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७२ लाख ८७ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख ९२ संक्रमित भएका छन् भने यहाँ ९४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ