arrow

अमेरिकी भन्दा पहिले चिनियाँ विदेशमन्त्री भेट्दै सुगा

logo
एएनआई,
प्रकाशित २०७७ असोज ११ आइतबार
chinese-foreign-minister-wang-yis.jpg

टोकियो । चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्ने भएका छन्। उनले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्ने जापानी संचार माध्यमहरुले जनाएका छन् । 

प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको उच्च प्रतिनिधिमण्डलसँग पहिलो औपचारिक भेटवार्ता हुनेछ । एनएचकेका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री मोटेगी तोसिमिचुबीच पनि मैत्रीपूर्ण भेटवार्ता हुनेछ । 

जापानी प्रधानमन्त्री सुगा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएपछि यो भ्रमण तय भएको हो । दुबै नेताले उच्च नेतृत्वबीचको निरन्तरको संवादको महत्व र आवश्यकतामाथि प्रकाश पार्दै दुबै नेताले मिलेर कार्य गर्न सहमति जनाएका थिए । 

यसैबीच, जापानका प्रधानमन्त्री सुगाले अर्को महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टोकियोमै भेटवार्ता गर्नेछन् । 

गत सात, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता सुगालाई जापानी संसदले प्रधानमन्त्रीमा चयन गरेको छ । स्वास्थ्य अवस्था नाजूक भएको भन्दै तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्रीमा चयन भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ