arrow

राष्ट्रसंघको मध्यस्थतामा बन्दी आदान प्रदान गर्ने सम्झौता

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg

सिन्ह्वा, साना । यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन्।

ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।

सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदान प्रदानको सहमति भएको बताइएको छ । सहमतिमा ३८१ यमनी सैनिक, १५ साउदी नागरिक र चार सुडानी नागरिकलाई रिहा हुथी समूहले गर्नेछ भने ६८१ विद्राहीलाई सरकारले रिहा गर्नेछ । 

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले रिहा भएका कैदीहरू उनीहरूको परिवारसम्म नपुग्दासम्म अनुगमन गर्ने बताइएको छ । 

आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजिओ कार्बोनीले परिवारबाट वर्षौदेखि छुट्टिएर रहेका कैदीमा सकारात्मक सन्देश छोड्ने भनी सम्झौताको  प्रशंसा गरेका छन् । 

यमनमा द्वन्द्वरत दुई पक्षले करिब १५ हजार व्यक्तिलाई बन्दीका रूपमा राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ