arrow

सरकारले बेवास्ता गरेपछि तिब्बतमा गरिबी न्युनिकरणका लागि जुटे जनता

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ११ आइतबार
china-flag-house.jpg

काठमाडौं। चीनको दक्षिण पश्‍चिम स्वायत्त क्षेत्र तिब्बतामा गरिबी निवारणका लागि चीन सरकारले पहल नगरेपछि जनताहरु स्वयं जुटेका छन् । चीन सरकारले सेना खटाएर दमन गर्ने तर जीवनस्तर सुधारमा कुनै पहल नगर्ने भएपछि जनता आफैं जागरुक भएका हुन् । 

तिब्बतीहरुले उद्योगहरूको विकास गरी र इन्टरनेट र ई-कमर्श व्यवसायको सम्भाव्यतालाई पछ्याउँदै गरिबी न्यूनीकरणको प्रयासलाई तिव्रता दिएका हुन् । 

यस क्षेत्रको गरीबी उन्मूलन र विकास राज्य परिषदको अग्रणी समूह कार्यालयद्वारा मान्यता प्राप्त गरीबी उन्मूलनका १८५ उद्योगहरु सञ्‍चालनमा ल्याइएका छन् । 

क्षेत्रीय गरीबी उन्मूलन कार्यालयका अनुसार जनवरी २०१९ देखि उपभोक्ताद्वारा सञ्चालित गरीबी न्यूनीकरण प्रयासको बीचमा तिब्बतमा जम्मा १० करोड युआनको सामग्रीहरु उत्पादन गरेर बिक्री गरिएका थिए । 

तिब्बतले मंगलबार गरीबी निवारणलाई सहयोग पुर्‍याउन एक महिना लामो उपभोक्ता अभियान सञ्‍चालन गरेको छ र यस क्षेत्रका उत्पादनहरूको बिक्रीलाई प्रबर्द्धन गर्ने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ