arrow

परम्परागत कृषि-पशुपालन व्यवसायको नवीन विकासले तिब्बतमा आर्थिक परिवर्तनलाई प्रोत्साहन

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ११ आइतबार
china-flag.png

काठमाडौं। पछिल्ला वर्षहरूमा तिब्बतले जहिले पनि कृषि र ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा जोड दिन थालेको छ । कृषि र पशुपालनको आपूर्ति पक्षमा संरचनात्मक सुधारहरू निरन्तर बढ्दै गइरहेका छन्  

कृषि र ग्रामीण अर्थव्यवस्थाले "स्थिरता र उत्कृष्टता" को विकास प्रवृत्ति कायम राखेको छ । बहुसंख्यक किसान र पशुपालकहरु मिलेर काम गरिरहेका छन् । परम्परागत कृषि र पशुपालनको नविन विकासबाट पठारसहित सबै ठाउँमा नयाँ देखिन्छ ।

विगत पाँच वर्षमा तिब्बतले कृषि र पशुपालनको विकासमा हुने फाइदाहरुलाई पूर्णरुपले बुझेको छ । तिब्बतको कृषि र पशुपालन आर्थिक पुनर्संरचनाको मुख्य विशेषता उद्योगहरुको विकासलाई लिन जोड दिनु रहेको छ । 

यसले हाइल्याण्ड जौ, याक, तिब्बती सुँगुर, र तिब्बती भेडा पालनमा जोड दिनुका साथै त्यहाँका नागरिकको आयस्रोतमा समेत ठूलो प्रगति भएको छ । 

चीनमा कृषि र पशुपालन उत्पादन आधारहरु निरन्तर बढ्दै र विकास भइरहेको छन् । कृषि र पशुपालनको क्षेत्रीयकरण, विशेष उत्पादन, गहन सञ्‍चालन र पकेट क्षेत्रको विकासको प्रवृत्ति देखा पर्न थालेको छ । 

सन् २०१९ मा यस क्षेत्रका ग्रामीण बासिन्दाहरूको प्रतिव्यक्ति डिस्पोजेबल आम्दानी १२,९५१ युआन पुगेको छ । जुन मुलुकको आर्थिक विकासको १३.१ प्रतिशत बढी हो भने सन् २०१५ को तुलनामा ५७ प्रतिशतले वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ