arrow

बुबाको मृत्युपछि संघर्षमा बित्यो लता मंगेशकरको बाल्यकाल, यसकारण गरिनन् विवाह

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
Lata-Mangeshkar.jpg

काठमाडौं । स्वर साम्राज्ञी, सुमुधुर स्वरकी धनी तथा कोइलीको उपमा पाएकी  भारतीय गायिका लता मंगेशकरको सोमबार जन्मदिन हो  । लता  महाराष्ट्रमा थिएटर कम्पनी चलाउँने त्यस समयको प्रख्यात कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी हुन्  । उनको जन्म २८ सेप्टेम्बर १९२९ मा इन्दौरमा भएको थियो । उनले ९१ बर्ष पुगेकी छिन् ।  

मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको पर्दामा ठूला अभिनेत्रीलाई लता मंगेशकरले आफ्नो आवाज दिएकी छन्। ३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् ।  भजन, गजल, कव्वाली शास्त्रीय संगीत वा साझा फिल्म गीतहरू लताले सबैलाई समान महारतको साथ गाइन्। लता मंगेशकरका फ्यान लाखौंमा होइन करोडमा छन् । 

भारत छोड आन्दोलन चरम उत्कर्षमा पुगेको बेला १९४२ मा उनका बुबाले १३ वर्षकी लातालाई छोडेर संसारबाट विदा भए ।  जसलाई परिवारको सम्पूर्ण खर्च आफ्नो काँधमा उठाउने  जिम्मेवारी आयो ।  

बुबाको मृत्युपछि घरका सबै जिम्मेवारी लता मंगेशकरमाथि आयो। एक अन्तर्वार्तामा लता मंगेशकरले भनेकी थिइन् 'घरका सबै सदस्यहरूको ममाथि जिम्मेवारी थियो। यस्तो अवस्थामा विवाहको विचारमा आए पनि पुरा गर्न सक्दिन थिए। सानै उमेरमा काम गर्न थालें। मैले सोचे मैले पहिले भाइबहिनीहरूको व्यवस्था गरु । फेरी बहिनीको बिहे भयो, बच्चाहरू भए। तब तिनीहरूलाई सम्हाल्ने जिम्मेवारी आयो। यसरी समय बित्दै गयो । '

उस्ताद अमन अली खान र अमानत खानकी संगीत शिक्षिका लिएकी लताले जीविका चलाउनका लागि संघर्ष गर्नुपर्‍यो, उनले १९४२ मा एक मराठी फिल्म  'किती हासिल' मा गीत गाउँदै आफ्नो करियर शुरू गरिन् , तर पछि यो गीत फिल्मबाट हटाइयो। यसको ५ वर्षपछि आजाद र लता मंगेशकरले हिन्दी फिल्महरूमा गाउन सुरु गरे । 'आपकी सेवा मे'  पहिलो फिल्म थियो जसमा  उनको गायनले सजाइएको थियो तर उनका गीतहरूले खासै चर्चा पाएन । 

लताको स्वर पहिलो पटक १९४९ बाट चम्कियो । सोही वर्ष चार फिल्म 'बरसात', 'दुलारी', 'महल' र 'अंदाज' रिलीज भयो। 'महल'मा गीत 'आएगा आने वाला आएगा' गाए पछि  हिन्दी फिल्म इंडस्ट्रीले उनकोआवाज धेरै अघि बढ्ने अनुमान लगाइयो । सो समय हिंदी फिल्म संगीतमा शमशाद बेगम, नूरजहां र जोहराबाई अम्बालीवाली जस्ता गहन आवाजका धनी गायकहरूले राज गर्थे।

लता मंगेशकरले शुरुका वर्षहरुमा धेरै संघर्ष गर्नुपरेको थियो । कयौ फिल्म निर्माता र संगीत निर्देशकले उनको आवाज ठीक भएपनि उनलाई गीत गाउने अवसर दिन इन्कार गरे। 

ओपी नाय्यर बाहेक लता मंगेशकरले सबै ठूला संगीतकारसँग काम गरेकी छन् ।  मदनमोहनको गजल र सी रामचन्द्रको भजनले मानिसहरुको मानसपटलमा अमिट छाप छोडेको छ। ५० को दशकमा नूरजहाँ पाकिस्तान गएपछि लता मंगेशकरले हिन्दी फिल्म पार्श्ववनमा एकछत्र साम्राज्य स्थापना गरिन्। उनलाई चुनौती दिन सक्ने कुनै युस्तो गायक आएनन् जसले कहिल्यै उनलाई ठूलो चुनौती दिन सकुन्।

बेजोड र सधैं शीर्ष स्थानमा रहदा पनि लता सधैं उत्कृष्ट गायनको लागि रियाजको नियमको पालना गरिन्, उनीसँग काम गर्ने प्रत्येक संगीतकारले उनले सँधै गीत गाउन कडा परिश्रम गरेको बताउने गर्छन्। लताले सबैभन्दा ठूलो पुरस्कार भनेको लाखौं प्रशंसकहरू बीच एक सम्मानित जिवन बिताउनु हो । उनले दादासाहेब फाल्के पुरस्कार र भारतको सर्वोच्च सम्मान 'भारतरत्न' पाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ