arrow

चीनको नियन्त्रणमा रहेका १२ हङकङबासीको विषयमा कुनै हस्तक्षेप नगर्ने हङकङ सरकारको प्रतिबद्धता

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १३ मंगलबार
hongkong-security-office.jpg

हङकङ  । ताइवान जाने क्रममा चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएका १२ जना हङकङबासीको विषयमा कुनै हस्तक्षेप नगर्ने हङकङ सरकारले बताएको छ । 

आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै हङकङ सरकारले भनेको छ, "पक्राउ परेका १२ व्यक्तिको परिवारले प्रशासनलाई सहयोगको लागि अनुरोध गरेको छ । उनीहरुलाई चीन सरकारले पृथकतावादी भएको घोषणा गरिसकेको छ । "विशेष प्रशासनिक क्षेत्र भएका कारण प्रासंगिक अपराध मुख्यभूमी चीन सरकारको अधिकार क्षेत्र भित्र पर्छ र कानुन प्रवर्तन कार्यहरुमा हस्तक्षेप गर्दैन ।"

यो समूह हङकङमा "विभिन्न आपराधिक गतिविधिमा" मा संलग्‍न भएको आरोप लगाइएको छ । तर, उनीहरुका परिवारले भने  नि: शुल्क कानुनी परामर्श सेवाका लागि अपिल गर्दै उनीहरु कुनै अपराधमा संलग्‍न नभएको बताएका छन् ।

चीन सरकारले हङकङमा नयाँ सुरक्षा कानुन जारी गरेपछि हङकङमा प्रजातन्त्रको समर्थन गर्नेहरुलाई चीनले नियन्त्रणमा लिने र यातना दिने र विभिन्‍न मुद्दामा जेल हाल्‍ने गरेको छ । त्यही डरले यसअघि प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिएकाहरु ताइवान र अन्य मुलुक पलायन भइरहेका छन् । 

ताइवानले पनि हङकङबासीको सुरक्षाका लागि ढोका खोलिदिएको छ । चीनले ताइवानलाई पनि हङकङबासीलाई आश्रय नदिन चेतावनी दिएको छ । 

चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै नियन्त्रणमा लिएका ११ पुरुष र एक महिला रहेको जानकारी दिएका छ । उनीहरु १६ देखि ३३ वर्षसम्मका रहेका छन् । 

साउथ चाइना मोर्निंग पोस्टको रिपोर्ट अनुसार गत वर्षको सरकारविरोधी प्रदर्शनमा उनीहरु संलग्‍न भएको र हङकङलाई चीनबाट अलग गर्ने अभियानलाई साथ दिएकाहरु पृथकतावादी भएको चिनियाँ विदेश मन्त्रालयले घोषणा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ