arrow

अजरबैजान—अर्मेनियाबीच लडाई, टर्की र रसिया तनावमा

टर्कीको उक्साहटमा अजरबैजानले आक्रमण गरेको अर्मेनियाको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १३ मंगलबार
azerbaijan-armerina.jpg

काठमाडौं। करिब ४ दशकदेखिको क्षेत्रिय विवाद र जातिय द्धन्द्धमा रहेको अर्मेनिया र अजरबैजानले मध्य एसियाको नागोर्ना काराबाख क्षेत्रलाई असर पार्दै आएको छ। अर्मेनियामा करिब ९७ प्रतिशत क्रिश्चियन रहेका छन् भने अजरबैजानमा मुस्लिम र क्रिश्चियन देखिएपनि त्यहाँ धार्मिक सिंक्टेरिज्म रहेको देखिन्छ।

नागोर्नो—काराबाख अजरबैजान र अर्मेनियाबीचको विवादीत क्षेत्र हो जुन दुवै देशले आफ्नो भन्दै आएका छन् । सोही विषयमा विवाद हुँदै आएको छ। यसै हप्ता दुईदेशबीच पछिल्लो समय विवाद चर्किएको छ। दुई देशका सैनिकबीच भिडन्त हुँदा अहिलेसम्म करिब ९५ भन्दा बढी सैनिकको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यससँगै दुई देशले एक अर्कोलाई हिंसात्मक घटना भड्काएको आरोप प्रत्यारोप गर्न थालेका छन्। गत जुन ७ मा अजरबैजानका राष्ट्रपति इल्हम अलियभले काराबाख क्षेत्रमा बढ्दो द्धन्द्धले दुई देशबीचको शान्ति वार्तालाई ठप्प पारेको बताएका थिए।

खास विवादको कारण के हो ?
सन् १९८० को दशकको अन्त्यतिर सोभियत युनियनको विघटनसँगै दुई देशबीच रणनीतिक महत्वको भुमीका लागि विवाद सुरु भएको थियो। नागार्नो काराबाख क्षेत्रमा अजरबैजान र अर्मेनिया दुवैले आआफ्नो दाबी गरेपछि सन् १९८८ मा युद्ध भएको थियो । जुन करिब ६ वर्षसम्म चलेको थियो। त्यसपछि अजरबैजानले नागोर्ना काराबाखमा दुई देशमध्ये एक देश रोज्न भनेर जनमत संग्रह गरेको थियो । तर, त्यसले कुनै निश्कर्ष दिन सकेको थिएन।

नागोर्नो काराबाख क्षेत्रमा रहेका अर्मेनियाली धार्मिक समुहका र अजरबैजानी धार्मिक समुहका नागरिकहरुबीच नै द्धन्द्ध हुन थालेको थियो। त्यतिबेला एक देशले अर्कोलाई धार्मिक सफाइका लागि नागरिकलाई उक्साएको भन्दै आरोप लगाएका थिए, तर बाँकी अवस्था भने सामान्य थियो।

यद्यपी, पछि नागोर्नो काराबाख स्वायत्तले अर्मेनियासँग जोडिने निर्णय गरेसँगै विवाद चर्किएको थियो। सन् १९९२ मा विवाद निकै नै चर्किएको थियो र हजारौं नागरिक विस्थापित हुन पुगेका थिए । यो घटनाले अन्तराष्ट्रिय निकायहरुको नै ध्यानाकर्षण गराएको थियो। सन् १९९४ मा रुसले दुईदेशबीच मिलापत्रका लागि कदम चालेको थियो । तर, पनि पछिल्ला ३ दशकयता दुवै देशकबीच युद्धविराम उल्लंघन एवं हिंसात्मक घटनाको आरोप प्रत्यारोपका कारण विवाद जारी नै रहेको छ ।

युद्धविराम पछिको अवस्था के छ ?
अजरबैजान र अर्मेनियाबीचको सन् २०१८ मा अजरबैजानी सेना जर्जिया नजिक सीमामा पुगेपछि विवाद बढेको थियो । सन् २०१६ को अप्रिलमा पनि दुई देशबीच ४ दिने युद्ध चलको थियो । अहिलेको घटना सन् २०१६ को जस्तै हुन पुगेको बताइन्छ।

पछिल्लो विवाद के हो ?
पछिल्लो विवादको कुनै खास कारण बाहिरीएको छैन् । गत आइतबार अजरबैजानी रक्षामन्त्रीले तीन अजरबैजानी सैनिकको मृत्यु भएको बताएका थिए। त्यसपछि सोमबार ताभुस क्षेत्रमा तोप पड्काउने घटना भएको थियो, जुन दक्षिणी अर्मेनियाली क्षेत्र हो । त्यस घटनाक्रममा २ अर्मेनियाली सैनिक गरेर ५ सैनिक घाइते भएका थिए। बीबीसी रिपोर्टका अनुसार, अजरबैजानले अर्मेनियाली किल्ला र तोपखानालाई नष्ट गरेको र सयौं अर्मेनियाली सैनिकलाई हानी पुर्याएको बताएको थियो, तर अर्मेनियाले भने यो दाबीलाई अस्विकार गरेको थियो।

त्यसपछि सोमबार, अजरबैजानी राष्ट्रपतिले अर्मेनियाले युद्धको घटना सुरु गरेको र यसको जिम्मा अर्मेनियाली राजनीतिक नेतृत्वकर्ताले लिनुपर्ने बताएका थिए। यसको बदलामा, अर्मेनियाले अजरबैजानले नै युद्ध सुरु गरेको आरोप लगाएको छ। सोमबारको मन्त्रिपरिषद्मा अर्मेनियाका प्रधानमन्त्री निकोल पशियन्यानले अजरबैजानलाई यो घटनाको जवाफ दिने प्रतिकृया दिएका थिए। अर्मेनियाका रक्षामन्त्रीले अजरबैजानी नागरिकलाई लक्षित नगरेर त्यहाँको सैन्य पूर्वाधारमा गम्भिर क्षती गर्ने किसिमको टिप्पणी गरेका थिए । उनले अजरबैजानले टर्कीको उक्साहटमा आक्रमण गरेको आरोप लगाएका छन्।

नागोर्नो काराबाखाम अब के हुनसक्छ ?
अर्मेनिया र अजरबैजानबीच पूर्ण युद्ध हुनसक्ने सम्भावना भने नभएको पर्यवेक्षकहरु बताउँछन्। यदि युद्धको स्थिती सिर्जना भयो भने सो क्षेत्रमा कयौं नागरिकहरु प्रत्यक्षरुपले संकटमा पर्न जान्छन् र विस्थापीत हुनसक्छन्। गत हप्ता टर्कीले एक विज्ञप्ती जारी गर्दै आफुले अजरबैजानको सर्मथन गर्ने जनाएको छ। यदि युद्धको स्थिती सिर्जना भयो भने रुस र टर्की यसमा सबैभन्दा बढी नजिक रहने छन्।

यसबाहेक, त्यहाँ तेल र ग्यास पाइपलाईन एवं रणनीतिक रोडका क्षेत्रमा समेत युद्धको गम्भीर असर पर्ने जाने देखिन्छ । सोही कारण दुवै देश युद्धको अवस्थालाई भने सामना गर्न चाहँदैनन् । यसबाहेक, रुस र टर्की पनि अजरबैजान र अर्मेनियाबीचको युद्धको अवस्थालाई हेर्न चाहँदैनन् । त्यसकारण दुईदेशबीचको युद्धको सम्भावना भने न्युन नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ