arrow

अमेरिकी अदालत रिपब्लिकनको कब्जामा, यमी ११५ औं न्यायाधीश

logo
अनिलभक्त खरेल,
प्रकाशित २०७७ असोज १४ बुधबार
usa-flag.jpg

अमेरिका। सेप्टेम्बर २७ शनिबारका दिन ४८ बर्षीया एमि कोनी ब्यारेटलाई ११५ औं न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सन् १७८९ मा गठन भएको सुप्रिम कोर्टको २३१ वर्षे अबधिमा यसअघि ११४ जना न्यायाधीश भैसकेका छन् ।

रिपब्लिकनहरुको स्पष्ट बहुमत रहेको सिनेटबाट राष्टपतिको सो प्रस्ताव सजिलैसंग अनुमोदन हुने भएकोले यमी अमेरिकाको ११५ औं न्यायाधीश हुनेछिन् । यमी ११५ औं न्यायाधीशको अलवा ५ औं महिला न्यायाधीश पनि भएकी छिन् । रोनाल्ड रेगनले पहिलो पटक महिलालाई न्यायाधीशमा नियुक्ति गरेका थिए ।

यसरी पहिलो पटक अमेरिकाको सुप्रिम कोर्टमा न्यायाधीश हुने भाग्यमानी महिला सान्ड्रा डे ओकेन्रर रहेकी थिइन् । उनी २४ वर्ष १२८ दिन न्यायाधीश भएर रिटायर्ड भएकी थिइन् । हालै निधन भएकी रुथ बडेर गिन्सवर्ग दोश्रो न्यायाधीश थिइन् ।

बाराक ओबाले आफ्नो ८ वर्षे कार्यकालमा नियुक्ति गरेका न्यायाधिश दुबै महिला नै थिए । बाराक ओबामाले अगष्ट ९ मा सोनो सोटोमेयर तथा अगष्ट २०१० इलेन कागनलाई नियुक्ति गरेका थिए जो हाल पनि निरन्तर छन् । जसका कारण सन् २०१० देखि सुप्रिम कोर्टमा निरन्तर ३ महिला न्यायाधीश रहँदै आएका छन् । 

चुनावी प्रक्रिया सुरु भैसकेको अवस्थामा राष्टपतिले अहिले न्यायाधीश छनौट गर्नुहुन्न भन्ने डेमोक्रेटहरुले आपत्ति जनाउँदा जनाउँदै पनि सेप्टेम्बर २७ शनिबारका दिन ४८ बर्षीया एमि कोनी ब्यारेटलाई न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सो प्रस्ताव गरेसंगै अमेरिकाको सुप्रिम कोर्टमा रिपब्लिकनबाट नियुक्ति न्यायाधीहरुको संख्या ६ अर्थात् २ तिहाई पुगेको छ । योसँगै सुप्रिम कोर्ट रिपब्लिकनको कब्जामा पुगेको छ। ९ सदस्यीय सो अदालतमा रिपब्लिकन पक्षधर ६ र डेमोक्रेटिक पक्षधरको संख्या ३ रहेको छ ।

डेमोक्रेटीकको पक्षमा अब विल क्लिन्टनले नियुक्ति गरेका १, ओबामाले नियुक्ति गरेका २ न्यायाधीश मात्र बाँकी रहेका छन् । रिपब्लिकनको पक्षमा भने जर्ज बुसका बाबु छोराले नियुक्ति गरेका एक एक जना न्यायाधीश र १ प्रधान न्यायाधीश गरि ३ तथा ट्रम्पले नियुक्ति गरेका ३ न्यायाधीशसंगै रिपब्ल्किनहरुले नियुक्ति गरेका न्यायाधीशको संख्या ६ पुगेको हो । चुनावको पुर्व सन्ध्यामा सुप्रिम कोर्टमा रिपब्लिकनहरुको बाहुल्यता हुनुलाई अर्थपुर्ण र शंकाको दृष्टिले समेत हेरिएको छ ।

कोरोनाका कारण हुलाक मार्फत अमेरिकामा मतदान सुरु भैसकेको छ । अमेरिकाको हुलाकले मतपत्र संकलनको प्रयोजनको लागि अस्थाई कामदारहरु भर्ना गरिसकेको छ । त्यही भर्ना गरिएकै अस्थाई कामदारबाट मतपत्रहरुको हेल्चेक्रयाईका कारण पेन्सलभेनियामा ट्रम्पको पक्षमा खसालिएका केही मतपत्रहरु फोहोर फाल्ने ठाउँमा भेटिएको रिपब्लिकनहरुले यसैलाई प्रमुख मुद्दा बनाईरहेका छन् ।

एकातर्फ राष्टपतिले आफुले चुनाव नहार्ने र हारेपनि सजिलै नस्वीकार्ने बताइरहेको अवस्थामा भोली चुनावको परिणाम आफ्नो अनुकुलमा नआउने थाहा पाउने बित्तिकै रिपब्लिकनहरुले सुप्रिम कोर्टमा मुद्दा हाले भने के हुन्छ ? ती रिपक्लिकनहरुले नियुक्ति गरेका न्यायाधीहरुले कस्को पक्षमा निर्णय सुनाउलान् त्यो त समयले बताउला ।

यस अघि सन् २००० मा एल गोर र बुस बीच फ्लोरिडा राज्यमा भएको चुनावी परिणामलाई लिएर सुप्रिम कोर्टमा मुद्दा पर्दा अदालतले बुसको पक्षमा फैसला सुनाएको थियो । सो बेलामा पनि रिपब्लिकनहरुको पक्षमा २ तिहाईनै न्यायाधीश रहेका थिए । सो समयमा रोनाल्ड रेगनले नियुक्ति गरेको प्रधान न्यायाधीश र ३ न्यायाधीश तथा जर्ज डब्लु बुसले नियुक्ति गरेका २ न्यायाधीश सहित ६ न्यायाधीश रहेका थिए । अहिलेको दुई तिहाई बाहुल्यता रहेको अदालतले के के गर्ने हो प्रतिक्षा गरौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ