'हङकङ लेबल' मा ट्रम्पको आक्रमण, केही ब्रान्डको व्यापारमा धक्का लाग्ने
एजेन्सी,
प्रकाशित २०७७ असोज १४ बुधबार
471
Shares
काठमाडौं। चीनले हङकङमा नयाँ सुरक्षा कानुन जारी गरेपछि अमेरिकाले निरन्तर चीनमाथि विभिन्न माध्यमबाट आक्रमण गरिरहेको छ । हङकङको स्वायत्तता र स्वतन्त्रता चीनले खोसेको भन्दै अमेरिकाले चीनमाथि आक्रमण सुरु गरेको हो ।
यही क्रममा पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'हङकङ लेबल' माथि आक्रमण थालेका हुन् । ट्रम्पले हङकङमा बनेको उत्पादनहरु पनि प्रयोग नगर्ने संकेत गरेका छन् ।
अमेरिकी खरिदकर्ताहरुले हङकङको सामान आयातामा समस्या उत्पन्न भएको र आयातका लागि ठूलो खर्च गर्नु परेको बताइरहेका छन् ।
अमेरिकाले हङकङका सामाग्री आयातमा कडा नियम जारी गर्ने संकेत गरेपछि हङकङका उत्पादकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ठूलो धक्का लागेको छ ।
हङकङका उद्योगहरु एकातिर कोरोना महामारी र अर्कोतिर चीनको हस्तक्षेप र अमेरिकाका विभिन्न प्रतिबन्धहरुका कारण धराशायी बन्ने भएका छन् ।
हङकङबाट ४७१ मिलियन अमेरिकी डलरब बराबरका सामग्री अमेरिका निर्यात हुने भए पनि अहिले यो दरमा निकै गिरावट आएको छ ।