arrow

'हङकङ लेबल' मा ट्रम्पको आक्रमण, केही ब्रान्डको व्यापारमा धक्का लाग्ने  

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १४ बुधबार
trump-corona.jpg

काठमाडौं। चीनले हङकङमा नयाँ सुरक्षा कानुन जारी गरेपछि अमेरिकाले निरन्तर चीनमाथि विभिन्न माध्यमबाट आक्रमण गरिरहेको छ । हङकङको स्वायत्तता र स्वतन्त्रता चीनले खोसेको भन्दै अमेरिकाले चीनमाथि आक्रमण सुरु गरेको हो । 

यही क्रममा पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'हङकङ लेबल' माथि आक्रमण थालेका हुन् । ट्रम्पले हङकङमा बनेको उत्पादनहरु पनि प्रयोग नगर्ने संकेत गरेका छन् । 

अमेरिकी खरिदकर्ताहरुले हङकङको सामान आयातामा समस्या उत्पन्‍न भएको र आयातका लागि ठूलो खर्च गर्नु परेको बताइरहेका छन् । 

अमेरिकाले हङकङका सामाग्री आयातमा कडा नियम जारी गर्ने संकेत गरेपछि हङकङका उत्पादकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ठूलो धक्का लागेको छ । 

हङकङका उद्योगहरु एकातिर कोरोना महामारी र अर्कोतिर चीनको हस्तक्षेप र अमेरिकाका विभिन्‍न प्रतिबन्धहरुका कारण धराशायी बन्‍ने भएका छन् । 

हङकङबाट ४७१ मिलियन अमेरिकी डलरब बराबरका सामग्री अमेरिका निर्यात हुने भए पनि अहिले यो दरमा निकै गिरावट आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ