arrow

बिहिबारसम्ममा कति पुगे विश्वभर संक्रमित ?

logo
एएफपी,
प्रकाशित २०७७ असोज १५ बिहिबार
corona-world.jpg

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख १२ हजार ३८१ पुगेको छ   । 

कूल संक्रमितमध्ये दुई करोड ५४ लाख ६२ हजार निको भएका छन् भने करिब ७७ लाख ३० हजार ४९४ मानिस सक्रिय संक्रमित छन् । 

विश्वभर अझै पनि ६५ हजार ९४३ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख ५१ हजार  नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ८०५ को मृत्यु भएको छ । 

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख १२ हजार ५८४ संक्रमित भएका छन् भने यहाँ ९८ हजार ७०८ को  ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख १३ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजार ९६२ को मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ८९१ संक्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ