arrow

कोरोना भाइरसः भारतमा संक्रमित बढ्दै मुक्त हुने घट्दै, मृतक लाख नजिक

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
corona-india10.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । १० दिन निरन्तर कोरोनाका संक्रमित भन्दा मुक्त हुनेहरु बढिरहँदा बुधबार र बिहीबार निरन्तर संक्रमित बढिरहेका छन् । 

बिहीबार ८१ हजार ६९३ जना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० संक्रमित पुगेका छन् । 

बिहीबार ७८ हजार ६४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । 

हाल ९ लाख ४२ हजार ५८५ जना सक्रिय संक्रमित रहेका छन् । 

मृतक एक लाख नजिक पुग्न थालेका छन् । बिहीबार १ हजार ९६ जना थपिएसँगै मृतकको संख्या ९९ हजार ८०४ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ