arrow

कहाँ कति पुगे संक्रमित तथा मृतक ?

logo
एएफपी,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
corona-world.jpg

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ   । कूल संक्रमितमध्ये दुई करोड ५७ लाख ४ हजार निको भएका छन् भने करिब ७८ लाख ३ हजार २९१ मानिस सक्रिय संक्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार ९२ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख ९७ हजार नाघिसकेको छ ।  कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १२ हजार ६९४ को मृत्यु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं । 

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख ९७ हजार ८९६ संक्रमित भएका छन् भने यहाँ ९९ हजार ८३३ को  ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख ९७ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४४ हजार ७७६ को मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ संक्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।  दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको छ ।

 युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ