arrow

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खोल्दै, क्वारेन्टिनमा बस्न नपर्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असोज १७ शनिबार
newz-austrilla.jpg

क्यानबेरा । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ । कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो ।

अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ । अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गरेका हुन् ।

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ । 

न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ । 

उनीहरुले कोभिड १९को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने र उनीहरुले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ । 

न्युजिल्याण्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अष्ट्रेलिया आउने गर्दछन् । त्यसैले पनि अष्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ