arrow

पूर्वी चीन सागरको सेन्काकु टापुबाट यसरी बाहिरियो चीन, जापानले दियो धक्का

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १७ शनिबार
senkaku-islands.gif

काठमाडौं। जापानले पूर्वी चीन सागरको सेन्काकु टापुबाट चीनलाई धक्का दिदै बाहिर्याएको छ। डिआयु टापुको नाम दिएर आफ्नो दाबी गर्दै आएको सेन्काकु टापुबाट चीनलाई जापानले बाहिर्याएको हो। सन् २०१२ मा जापानले प्राइभेटरुपमा किनेको टापु जापान—चीन सम्बन्धका क्षेत्रमा लामो समय एक मुद्धाका रुपमा रहिआएको थियो।

यो वर्षको सुरुतिर चिनियाँ जहाजहरु सेन्काकु टापुको वरिपरी आवात जावत गरिरहेका थिए । चीनले एक किसिमले त्रास पैदा गर्न यस्तो कदम चालिरहेको जापानले भन्दै आएको थियो। यद्यपी, अहिले कहानी बदलिएको छ । साउथचाइना मर्निंग पोष्ट (एससीएमपी)का अनुसार कोरोना भाइरसको पूर्वसन्ध्यामा चीनले जापानसँग सेन्काकुमा शान्तिका लागि संकेत गरिरहेको थियो।

बेइजिङले एक पत्रमाफर्त आफुले सेन्काकु टापु क्षेत्रमा नौसेनाको उपस्थिती कम गर्ने तयारी गरेको भनेर जापानलाई भनेको थियो। बेइजिङले पूर्वी चीन सागरमा नौ सेनाको गतिविधि कम गरेको भनेर जापानलाई झुक्याउँदै त्यहाँ आफ्ना गतिविधि बढाइरहेको जापानको बुझाई थियो। तर, चीनको झुक्याउने कुरामा नलागेको जापानले सेन्काकु क्षेत्रमा फिसिङ बोटहरु पठाएको थियो। चीन आफुले नै त्यहाँ जहाज पठाउन छोडेको बताइरहेका बेला जापानले जहाज पठाएको कुराले चीन रुष्ट भएको थियो।

मुख्य कुरा त, चीनले सो क्षेत्रमा आफ्नो उपस्थिती कम गरेको भन्ने झुटको जापानी फिसिङ बोटले पर्दाफास गरिदिए। यदि वास्तवममै चीनले सो क्षेत्रमा नौसेनाको उपस्थिती कम गर्न चाहन्थ्यो भने जापानले जहाज पठाउँदा चीनको टाउँको किन दुख्यो भन्ने प्रश्न जापानका रणनीतिकारहरुले गरेका छन्। सेन्काकु टापु जापानको हो र यसमा चीनको कुनै किसिमको पनि अधिकार छैन् तर पनि जापानले सो क्षेत्रमा जहाज पठाउँदा चीन आक्रामक हुन खोजेको थियो। यसबाहेक, जापानी बोटहरुले त्यहाँ चिनियाँ जहाजहरु घुमिरहेको फेला पारेको थियो। चीनले भने आधिकारीक रुपमा जहाज नपाएको भन्दै जापानलाई झुक्याउन खोजिरहेको थियो।

यसविषयमा योकोहमा राष्ट्रिय विश्वविद्यालयका प्रोफेसर लिउ सिंगबिनले भनेका छन्,  “चिनियाँ राष्ट्रपति सि जिनपिङले जापानको भ्रमण तय गर्नु पूर्व पनि चीनले यो क्षेत्रमा जलसेनाको गतिविधिमा कमी गरेको बताएको थियो, तर चिनियाँ भाइरसको माहामारीले विश्नै तरंगति बनाएसँगै सि जिनपिङको भ्रमण स्थगीत भएको थियो।” चीनले यो वर्षको सुरुमा सेन्काकुको टापुको विषयमा निकै सद्भाव देखाएको थियो, तर जापानले चिनियाँ झुटो सद्भावनाको पर्दाफास गरिदिएको लिउको भनाइ छ। 

चीनले सेन्काकुमा आफ्नो उपस्थिती कम गरेको भनेर जापानलाई झुलाउँदै त्यहाँ नयाँ किसिमले प्रपञ्च गरिरहेको जापानले बुझिसकेको छ, अब यो कुनै हालतमा पनि जापानले हुन नदिने त्यहाँका रणनीति मामिलाका जानकारहरु बताउँछन्। अहिले, जापानले सेन्काकु आइसल्याण्डको नाम “तोनोशिरो” बाट “तोनोशिरो सेन्काकु” राखेको छ। त्यहाँ अवस्थित अन्य टापुहरुलाई समेत राष्ट्रिय सार्वभौमिकतामा जोड्न जापानले रणनीतिकरुपमा नाम फेरेको हो। यति मात्रै हैन्, अमेरिकाले पूर्वी चीन सागरमा आफुलाई उतारेसँगै अब, चीन पूर्वी चीन सागरबाट विस्थापित हुन पुगेको छ।

गत अगस्टमा मात्रै अमेरिकाले जापानलाई सेन्काकु क्षेत्रमा चिनियाँ अतिक्रमण रोक्न पूर्ण सहयोग गर्ने बताएको छ। अमेरिकी सेना वरिष्ठ कमाण्डर लेफ्टिनेन्ट र्जनल केभिन स्निडरले भनेका छन्, “सेन्काकु क्षेत्रमा जापानलाई सहयोग गर्ने २४ घण्टा, ७ दिन र ३ सय ६५ दिन नै १०० प्रतिशत तयार रहेका छौं।”

वासिंगटनको यो घोषणासँगै चीनले सेन्काकु क्षेत्रमा उपस्थिती बढाउने क्रम रोकेको मात्रै छैन्, उसले त्यहाँ माछा मार्ने जहाज समेत जानबाट रोकेको छ।
यसरी चीनको नाटकिय शान्ति मैत्रीको कुरामा नलागेर आफ्नो रणनीति अपनाउँदै जापानले चीनलाई सेन्काकुको समुन्द्री जलबाट बाहिर्याएको छ। अब, चीन पूर्वी चीन सागरबाट सैन्य र रणनीतिक दुवै किसिमले बाहिरन बाध्य भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ